अदानचुलीमा पनि आरडिटि किट टेस्ट सुरु, २ जनाको टेस्ट


बैशाख २ हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालीकामा रहेको क्वारेन्टाइन स्थलमा बस्दै आएका व्यक्तिहरुको र्यापिड डाग्नोस्टिक टेस्ट गरीएको छ ।

चैत्र २६ गते देखी क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको डाग्नोस्टिक टेस्ट मंगलबार गरिएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताउनु भयो ।

मंगलबार दिउसो स्वास्थ्य कार्यालय सिमकोटले पठाएका २ वटा पिपिई सेट,३३ वटा आरडिटि किट टेस्ट,एक सय ५० वटा माक्स र १ केजी क्वोलोरीन पनि आजै ल्याब असिस्टेन्ट भक्ती फडेराले हस्तान्त्रण गर्नु भएको बताउनु भयो ।

उहँले भन्नु भयो, सामाग्रीहरु आज हस्तान्त्रण हुँने बित्तीकै हामी २ जनाको टेस्ट गएका छौ बाँकी चैत्र ४ गते भन्दा पछि गाउँपालिकामा भित्रएका सबैलाई आरडिटि किट टेस्ट हुने भएको छ । स्वास्थ्य संयोजक महताराले भन्नु भयो चैत्र ४ गते भन्दा छिमेकी मुलुक भारतबाट मात्र करिब २५ जना भन्दा धेरै आएका छन् तिनिहरुलाई बैशाख ३ गते स्वास्थ्य चौकी श्रीनगरमा टेस्ट गर्न लागेको बताउनु भयो ।

प्रकाशित मितिः     २ बैशाख २०७७, मंगलवार २०:१२  |