सडक आ आफ्नो गाउँबाट लिनु पर्ने भन्दै छु्ट्टाछुट्टै ज्ञापन पत्र पेश,तर गाउँकार्यपालिकाको निर्णय अनुसारनै सडक निमार्ण गरिने अध्यक्ष फडेराको भनाई


बैशाख २ हुम्ला सडक आ आफ्नो गाउँबाट लिनु पर्ने भन्दै छु्ट्टाछुट्टै ज्ञापन पत्र पेश गरेका छन् ।

अदानचुली गाउँपालिकाले धेरै मानिसको हुल नगरी मेसीन औजारबाट सडक निमार्णलाई तिब्रता दिई रहेको अबस्थामा सडकलाई आ आफ्नो गाउँ भएर लिनु पर्ने भन्दै वडा ५ र ६ का नागरीकहरुले गाउँपालिकालाई छु्ट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् ।

चैत्र २७ गते जेसीबीले सडक निमार्ण गरी रहेको स्थान लौठीमा वडा न. ५ काँखे र करगईका करिब २०।२५ जनाको टोलिले आफ्नो गाउँहुँदै सडक लिनु पर्ने भन्दै सडक निर्माण कार्यलाई अबरुद्ध गरे पछि चैत्र २८ गते नै गाउँकार्यपालिकाको बैठक बोलाई श्रीनगर,लौठी कालागाड सडकनै निमार्ण गर्ने निर्णय गर्यो । सोहि सडक नै निर्माण गरी सबै वडामा सडक पुगाउने बिषयलाई लिएर पहिले पनि राजनितिक दलका नेता सहित गाउँकार्यपालिकाका सदस्यहरुले निर्णय गरि सकेको थियो ।

चैत्र २८ गते सोहि बिषयलाई लिएर बसेको गाउँकार्यपालिकाको बैठकमा बारिगाउँ घर भएकी उपाध्यक्ष सौमती रावल,काँखे घर भएकी कार्यपालिका सदस्य पम्फा शाही र धनसरा टमटाले भने असहमती जनाएको उपाध्यक्ष सौमती रावल ऐडीले बताईन् तर अन्य सबै कार्यपालिकाका सदस्य सहित सोहि वडाका वडा अध्यक्षले पनि उक्त निर्णयको समर्थन गरेको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

गाउँकार्यपालिकाले निर्णय गरे लगत्तै वडा नं ५ करगईका १ सय ४५ घरधुरीको हस्ताक्षर सहितको ज्ञापन पत्र गाउँपालिकाका अध्यक्ष कहाँ उक्त निर्णयको समर्थन गर्दै बुझाए । त्यस लगत्तै वडा न. ६ का सम्पुर्ण नागरिकको हस्ताक्षर सहित सो निर्णयको समर्थन गर्दै उक्त सडक निमार्णमा कोहि कसैले अबरोध गरे जस्तो सुकै चुनौती सामना गर्न तयार रहेको भन्दै ज्ञापन पत्र बुझाए ।

उक्त ज्ञापन पत्रमा भनिएको छ “हामीले गाउँपालिका जानको लागि काँखे र बारीगाउँ गएर जानु पर्ने बाध्यता नपारियोस् सिधा सरल ठाउँ हुँदा हुँदै पनि एक लाङ्नु काटेर जानु पर्ने भएकाले सडक माथिका गाउँ भन्दा तलैबाट सडक निमार्ण गर्ने कार्यमा जोड दिनु पर्ने छ हामी गाउँ कार्यपालिकाले गरेको निर्णयको पुर्ण समर्थन छौ” । काँखे र बारीगाउँबाट सडक निमार्ण भएमा हिडेर जानु र गाडीमा जानु बराबर समय पर्नुका साथै भाडा पनि महँगो हुँने भएकाले सडक लौठीबाट सिधा कालागाड सडक निमार्ण गर्नु पर्ने उपस्थित भएकाहरुले प्रतिकृया दिए ।

वडा नम्बर ६ र ५ का नागरिकहरुले ज्ञापन पत्र बुझाए पछि मंगलबार काँखे र बारिगाउँले पनि ज्ञापन पत्र बुझायो । जसमा उपाध्यक्ष र सोही गाउँकी कार्यपालिकाका सदस्यहरु भने उपस्थित भइनन् । ज्ञापन पत्रमा भनिएको छ “गाउँकार्यपालिकाले २८ गते गरेको लौठी कालागाड सडक निमार्ण गर्ने निर्णयको घोर बिरोध गर्दछौ ग्रामिण सडक भनेको गाउँ गाउँ भएरै लिनु पर्नेमा गाउँ नपुगाएर तलैबाट सडक निमार्ण गर्ने निर्णय आप्पतीजनक” छ ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष दल फडेराले गाउँकार्यपालिकाले गरेको निर्णय अनुसारनै सडक निमार्ण गरिने प्रतिकृया दिए,गाउँकार्यपालिकाको पुर्ण बैठकले सडक तलैबाट लिने निर्णय भएको छ उपाध्यक्ष लगायत २ जना कार्यपालिकाका सदस्यले पनि बैठक भित्र मौन समर्थन गरेको र हामीले नै तल समर्थन गरे गाउँलेहरुले नमान्ने भएकाले खासै समर्थन र बिमतीको कुरा उनिहरुले बैठक भित्र नगरेको अध्यक्ष फडेराले प्रतिकृया दिए ।

अध्यक्ष फडेराका भने “उदारो बजेटले भए पनि सबै गाउँमा सडक पुर्याउने निर्णय भएकाले यसै वर्ष सबै गाउँमा सडक पुर्याउँ छौ तर वडा नं ५ को करगई र वडा न. ६ को लमहि पाल्स जाने सडक पनि माथि गाउँबाटै लिनु पर्ने मागको मेरो र गाउँकार्यपालिकाका सदस्यहरुको समर्थन नरहने बताए” उनले थपे “बरु तपाईहरुले हाम्रो गाउँमा सडक चाहियो भन्नुहोस् त्यसको समर्थन गर्छु तर वडा नम्बर ६ र करगईलाई लामो पारेर अन्ये बस्तीमा जाने सडकलाई फेरो पारेर नलिने भन्दै कसैले पनि रोकेर नरोकीने दाबी गरे” ।

गाउँकार्यपालिकाका सदस्य सहित राजनितिक दलका नेता र अदानचुलि गाउँपालिकाका बहुसंख्यक जनसंख्याले पनि लौठी हुँदै कालागाड सडकको समर्थन गरेकाले कोहि कसैको उक्साहटमा यसको बिरोध गर्दै सडकमा सुते पनि नरोकीने बताए, उनका अनुसार सडक भने काँखे र बारीगाउँमा जोडेरै छोड्ने बताउँदै सडक अबरोध निमार्ण कार्यलाई अबरोध गर्ने जोकोहीले पनि कानुनि कारबाहीको भागेदार हुँनु पर्ने बताए ।

सडक निमार्ण गर्ने भनि ल्याएको मेसीन २७ गते साँझ अबरोध भए पनि अन्य ब्यक्तिका कामहरु गरि रहेको छ ।

प्रकाशित मितिः     २ बैशाख २०७७, मंगलवार २१:३२  |