सोमबार राती परेको असीना पानीले २ घर भत्कायो , चौपाया बस्तुको मृत्यु ,गहु बालीनालीको क्षेती


युवराज भण्डारी
बैशाख २ मुगु । सोमबार राती परेको असीना पानीले मुगु जिल्लाको सोरु गाउँपालिकामा क्षेती गरेको छ ।

राती करिब ३ बजे तिर परेको असिना पानीने २ जनाका घरनै भत्काएको छ सोरु गाउँपालिका वडा नम्बर २ अन्तरगत पर्ने नाथ्रपु गाउँका लोग बहादुर कार्की र जोगीबाडा गाउका बुधेनाथ योगीका घरमा पसेको बाढीले २ घर भत्कीएको स्थानिय गंगे बुढाले बताए ।

बुधेनाथ योगीका ७ वटा भेडा र एक गोरु पहिरोमा परी मृत्यु भएको छ । घरमा भएको धनमाल र चौपाया बस्तुको थुपै्र क्षेती भएको छ मानवीय क्षेती कुनै भएको छैन । सोही गाउँपालिका वडा न १ स्थीत गुल्म ज्यूलो,वडा न २ को नाथ्रपु,जडेपानी,वडा न ४ को लीब्रु र रावल बाडामा लगाएको गहुँबाली पहीरोले छोपेको सोरु गाउँपालिकाका पशु प्राबिधिक बिनोद शाहीले बताए ।

लकडाउनले गर्दा एक आपसमा सहयोग नहुदा रावल बाडा गाउका ३५ घरका झण्डै ४सय ५६ जनाको ज्यान जोखीममा परेको स्थानीय गोरख मल्लले गुनासो गरे । क्षेती भएको जानकार िपाउँना साथ हामी क्षेती बिबरण संकलन गर्न हिडि सकेको सोरु बर्मा प्रहरी चौकीका इन्चार्ज दल बहादुर बिकले बताए,उनका अनुसार के कति क्षेती भएको हो बिबरण संकलन गरेर मात्र भन्ने बताए ।

मुगु जिल्लाकै खत्याड गाउँपालिकामा पनि सोमबार राती परेको अबिरल वर्ष सँगैको असिना पानिले अन्न बालीको क्षेती गरेको स्थानीय दीप बहादु कार्कीले जानकारी दिए । उनका अनुसार “वडा नम्बर ११ रातापानीमा रहेको स्याँलखोला भन्ने ठाउँको माथिबाट पहिरो आएर खत्याड खोलानै थुनीए पछि बालीनालीमा क्षेती भएको हो” । सोही बाढीले लुँईबगर,डाँडीयाबगर,जेउडी,माझबगर,र लाडुबगरमा रहेका खेतमा लगाएको गहँ र जौबाली सहीत खेतबारी नै बगाएर क्षेती गरेको बताए ।

यता साेरू गा पा वडा न.४ रावलबाडा बस्तिमा मंगलबार बिहान ३.३०.बजेतिर आएकाे असिना र अबिरल बर्षाकन कारण कुला पदाला ,बाटाघाटाे,खानेपानी सहित बीस घरधुरी जतिकाे खेत, दत्त बुढाकाे करिब साठी पाथि काे खेत पूर्णरूपमा नष्ट भएकाे छ यससँगै करिब चालीस घरधुरी जति जाेखिम अबस्थामा रहेकाेे त्यहाँका स्थानीय अंग बुढाले बताए उहाँका अनुसार थुप्रै क्षति भए पछि स्थानीय जनप्रतिनिधिको र प्रहरी चाैकी साेरूबर्मा ,बुद्धिजीवी ,शिक्षाप्रमीकाे राेहबरमा करिब एक कराेड तेर्ह लाख बराबरकाे क्षति भएकाे मुचुल्का तयार भएकाे बताए ।

प्रकाशित मितिः     २ बैशाख २०७७, मंगलवार २१:५६  |