गाउँपालिकाको खर्चमा स्वास्थ्य सामग्रीहरु बितरण


बैशाख १२ हुम्ला । ताँजकोट गाउँपालकिाले आफ्नै गाउँपालिकाको खर्चमा स्वास्थ्य सामग्रीहरु बितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष बागदल मल्लको संयोजकत्वमा गठित बिपद ब्यबस्थापन कोषबाट करिब ७ लाखको खरिदमा गाउँपालिकामा पुगेको स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले बताए ।

बिस्वकै महाँमारीको रुपमा देखीएको कोरोना भाईरसलाई न्यूनिकरण गर्न तथा गाउँपालिकामा उक्त भाइरस भित्रिन नदिनको लागि  ७ हजार सर्जिकल माक्स, पिपिइ सेट २० वटा,थर्मोगन ८ वटा, सेनीटाईजर १ सय ५० बोतल,एन नाईन्टीन माक्स २० वटा गाउँपालीकामा ल्याएर बितरण गरिएको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए ।

अध्यक्ष मल्लले भने “गाउँपालिकामा कोहि पनि रोगबाट संक्रति नहुँन् र कोही पनि नागरिक भोकले नछट्पटाउन भनेर राहत बितरण पनि गरि सकेको छु औषधी पनि गाउँपालिकामा पुगि सकेको छ,कुनै पनि समस्या परे गाउँपालिका वा वडा कार्यालयमा खबर गर्नु होला हामी प्रत्येकको घर दैलोमा हाजीर हुँने छौ”।

सरकारले लगायको लकडाउनलाइ मध्येनजर गर्दै गाउँपालिकाकै गाडि लिएर गाउँपालिकामा सम्ममा स्वास्थ्य सामग्री र औषधि पुगाएको संयोजक स्यांकुले बताए । उनका अनुसार बिहिबार गाउँपालिकामा पुगेको थियो शुक्रबार गाउँपालिकाले सञ्चालन गरेका सबै हेल्पडेक्सहरुमा,स्वास्थ्य चौकी सहित सामुदायीक स्वास्थ्य ईकाईमा आबश्यकताको आधारमा बितरण गरीएको बताउनु भयो ।

प्रकाशित मितिः     १२ बैशाख २०७७, शुक्रबार २०:५०  |