दलित घरधुरीलाई शाहीको डेढ लाखको सहयोग


चैत्र ८ हुम्ला । ताँजाकोट गाउँपालिका ३ रामाका व्यापारी तथा नेपाली कंग्रेशका नेता तिलक बहादुर शाहीले गाउँपालिका भित्रका २ सय ९६ दलित घरधुरीका लागि १ लाख २२ हजार मूल्य बराबरको खाद्यान्न चामल सहयोग गरेका छन् ।

नेपाली कंग्रेश तरुण दलका उपसभापति समेत रहेका शाही बाजुरा जिल्लाको हिमाली गाउँपालकिामाको धुलाचौरमा व्यवसाय गर्दै आएका उनले अरु वेला पनि स्थानीय स्तरमा सहयोग गर्दै आएका सोही गाउँपालीकाका स्थानीय कृष्ण बहादुर मल्लले बताए । शाहीले सामाजिक क्षेत्रमा खर्च गर्नका लागि आफ्नो व्यापारबाट यस पटक केही हिस्सा छुट्याएर बिस्वकै महामारीको रुपमा देखीएको कोरोना भाईरस कोभिड(१९)को कारण नेपाल सरकारले लगाएको लगडाउनको पालना गर्दै आएका नागरीकलाई खर्च गरेको बताए ।

पालिकाभित्र रहेका दलित बेरोजगार परिवारलाई सहयोग पुगोस् भनेर सोमबार ताँजाकोट गाउँपालिका भित्र रहेका २ सय ९६ घरधुरीलाई पाँच पाँच केजीको दरले बितरण गरेको बताए ।

यो विपत्तिमा लकडाउनले गर्दा काम गर्न नपाएर भोकभोकै बस्नुपरेका दलित, बेरोजगार परिवारलाई सामान्य भएपनि राहत पुगोस् भनेर १४ सय ४८ केजी चामल सहयोग गरेको मल्लले बताए ।

उनले गाउँपालिका भित्रका दलित घरधुरीलाई आफ्नो क्षमता अनुसार राहत सहयोग गरेको बताउँदै जनता भएर नै आफ्नो व्यवसाय चलेर यहाँसम्म पुगेकाले उनीहरुकोे दुःख सुखमा साथ दिने बताए ।

स्थानीय सरकारले चाहेर मात्र सपना पूरा नहुने भएकाले विकास तथा स्थानीय तहको प्रगतिका लागि निजी, सरकारी तथा सहकारी क्षेत्रको साझेदारी आवश्यक रहेको ताँजकोट गााउँपालिकाले बताएको छ ।
यस्तै गरी ताँजकोट गाउँपालीकाका वडा नं ३ कै कृष्ण बहादुर मल्लले पनि करिब १३ हजार बराबरको रिचार्ज सहयोग गरेका छन् । काठमाडौ नेपालगञ्ज लगाएत सहरी क्षेत्रमा बसोबास गर्दै आएका बुवा आमा सँग जोडीन नसकेका बिद्यार्थीहरुलाई रिचार्ज सहयोग गरेको बताए ।

प्रकाशित मितिः     ८ बैशाख २०७७, सोमबार २२:३५  |