मुगु । मुगुमा एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सोरु गाँउपालिका वडा नं १ घर भएकी वर्ष २० की ममता लावडलाई हेपटाईटिस देखिएकाले जिल्ला अस्पतालमा गर्भवती आमाको सर्जिकल अप्रेशन हुन नसक्ने भएपछि गर्भवती आमाको उद्धार गरिएको हो ।
आज उद्धार गरिएकी गर्भवती महिलालाई प्रदेश राजधानी सुर्खेतमा लगीएको छ । सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पतालमा ल्याएपछि रगतको परिक्षण गर्दा हेपटाईटिस देखिदा अपे्रशन गर्न समस्या हुने देखिएपछि हेलिकप्टर मार्फत उद्घार गरि सुर्खेत अस्तालमा लगिएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिए ।
पहिलो सन्तान र त्यसमा पनि आमालाई हेपटाईटिरस बी देखिएको, सुत्केरी हुने समय १४ दिन कटेकाले अपे्रसन गर्न उच्च जोखिम भएको र बच्चा जन्मपछि यदि बच्चामा पनि पोजटिप देखिएमा लगाउने एपटाईटिस बी र एमिनोग्लोविन भ्याक्सिन दिनुपर्ने भएपनि ति भ्याक्सिनहरु जिल्ला अस्पतालमा नभएकाले गर्भवती महिलालाई सुर्खेत पठाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।
महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालय अन्तरगत राष्टपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्घार गदै आएको र मुगु जिल्लामा पनि यो सेवाबाट दर्जन बढी महिला लाभान्नित भएको जिल्ला प्रशासन कार्याालयले जनाएको छ ।