¥यापिड टेस्ट गर्दा मुगुमा एक जनामा पोजिटिभ


सुर्खेत । मुगुको खत्याड गाउँपालिकामा कोरोना संक्रमणको द्रुत परीक्षण (¥यापिड टेस्ट) मा एक जनामा पोजेटिभ नतिजा देखिएको छ ।

मुगुको खत्याड गाउँपालिकामा बिहिबार भारतबाट आएका ५५ जनाको ¥यापिड टेस्ट गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी निरौलाले ¥यापिड टेस्ट गर्दा एक जनामा पोजेटिभ देखाएको र पिसिआर गरेपछि मात्र थाहा हुने बताए ।

निरौलाका अनुसार पोजेटिभ देखिएका व्यक्ति चैत्र १ गते भारतबाट आएका व्यक्ति हुन् । उनी होम क्वारेन्टाइनमा रहेका छन् ।

पोजेटिभ देखिएका व्यक्तिको पिसिआर परीक्षणका लागि थ्रोड स्वाब सुर्खेत पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

खत्याड गाउँपालिकाका मात्र भारतबाट एक सयभन्दा आएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

प्रकाशित मितिः     ५ बैशाख २०७७, शुक्रबार २०:३१  |