बैशाख १७ हुम्ला । सर्केगाड गाउँपालिकाको गाउँकार्यपालिका बैठकमै कार्यकारी अधिकृत रुद्र बहादुर शाही र वडा नम्बर ५ का वडा अध्यक्ष कर्णजंग शाही बीच हात हालाहाल भएको छ ।
वडा नम्बर पाँचका अध्यक्ष शाहीले माग गरेको योजना स्वीकृत नहुँदा कार्यकारी अधिकृतसँग हात हालाहाल भएको हो । वडा कार्यालयले गत वर्ष आफ्नै नयाँ भवन निर्माणका लागी गाउँपालिकाबाट रकम निकासा गरी भवन निर्माण गरेको भएपनि चालु आर्थिक वर्ष पुनः वडा अध्यक्षले पुननिर्माणका लागी भन्दै गाउँपालिकाको बैठकमा रकम माग गर्ने फायल पेश गर्न खोज्दा उक्त विवाद भएको सर्केघार्ड गाउँपालिका स्रोतले जानकारी दिएको छ ।
कार्यपालिकाको बैठकमा निमित्त प्रमूख प्रशासकीय अधिकृत शाहीले सम्झौता गर्न नमानेपछि हात हालाहालको अवस्था सिर्जना भएको बताइएको छ । वडाको भवन निर्माणमा गत वर्षको सम्झौता सम्पन्न भएपनि निर्माण भएको एक वर्षमै वडा अध्यक्ष शाहीले प्रस्ताव गरेको पुर्ननिर्माणको लागि रकम विनियोजन गर्न नमाने पछि आफूलाई सामाजिक सञ्जालमा कर्मचारीलाई हिटलरको संज्ञा दिएको’ कार्यकारी अधिकृत शाहीले गुनासो गरे ………..
गएको आर्थिक वर्ष गाउँपालिकाको २४ लाख रकममा सम्झौतामा वडाको भवन निर्माण भएको थियो । उक्त भवनको पुननिर्माणको माग गर्दै वडा अध्यक्ष शाहीले २० लाख रकम गाउँपालिकामा माग गर्दै आएका थिए ।कुनैपनि योजनाको सम्झौता गर्न आउँदा भवन निर्माणका लागी नयाँ इस्टमेट सहितका प्रक्रिया पुरा गर्नुपर्ने मैले भनेको थिएँ’ अधिकृत शाहीले रेडियो श्रीनगरसँग भने,वडा अध्यक्ष ज्यूले ल्याएका अपुग कागजातकै आारमा संझौता गर्न नमान्दा सामाजिक सञ्जाल देखि बैठकमा म माथी गाली गलौज गर्ने र हातपात गर्ने काम भएको हो ।
’उता, सर्केघाड–५ का वडा अध्यक्ष कर्णजङ शाहीले राजनीतिक पूर्वाग्रहका आधारमा आफूलाई मात्रै सँधै नियम खोजेर हैरानी पारेको आरोप लगाएका छन् निर्वाचित भएको वडामा मात्रै धेरै पूक्रिया खोजियो’ उनले भने, अन्य वडाहरूको सम्झौता गरेर रकम भुक्तानी समेत गर्ने काम अघि बढेको छ । यसले जनप्रतिनिधि हुँदा पनि कर्मचारीको मनपरीका विषयमा केही कमजोरी औल्याउन खोज्दा उल्टै ममाथि हातपात भएको बताए………..
विश्वभर फैलिएको कोरोना भाइरस कोभिड ९१९० नियन्त्रयण, विपन्न नागरीक सहायता कोष, भैपरी आउने विविध खर्च, सभा सञ्चालन खर्च, गाउँपालिकाका कार्यपालिका सदस्यबाट विभिन्न कामको छानविन समिती बनाउनु पर्ने लगायतका विविध विषयवस्तुको उठान गर्न खोज्दा गाउँकार्यपालिकाको बैठकमै कर्मचारीले हात हाल्न खोज्दा प्रतिकार गरेको हुँ’ उनले थपे मेरो कुनै कमजोरी देखिएमा वडाध्यक्ष पदबाट राजीनामा समेत दिन तयार भएको बताउनु भएको छ वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच भएको विवादका समाधानका लागि गाउँ कार्यपालिकाको बैठकले न्ययीक समितिका संयोजक तथा उपाध्यक्ष जोशी धामीलाई जिम्मा दिनेृ निर्णय गरेको पालिका अध्यक्ष कृष्ण रोकायाले बताए ।
सामान्य कुरालाई लिएर सामाजिक सञ्जालमा वडाध्यक्षले कर्मचारीलाई हिट्लरको संज्ञा दिनु केही कमजोरी भएको स्वीकार गर्नुपर्ने बताएका अध्यक्ष रोकायाले जनप्रतिनिधिलाई बैठकमै हात हाल्न खोज्नु प्रशाकीय अधिकृतको कमजोरी भएकाले एक आपसमा आत्म आलोचना गरेर विवाद समाधान गर्ने उल्लेख गर्नु भएको छ ।