बैशाख १७ हुम्ला । आजको कार्यक्रममा हामीले बिस्वमै महाँमारीको रुपमा फैलीएको कोरोना भाइरस(कोभिड १९)का कारण दिन प्रति दिन संक्रमित र मृत्यु हुँनेको संख्या बढ्दै छन् बिस्तारै हाम्रो गाउँपालिका तिर पनि देश बिदेशबाट घर फर्किनेको संख्यामा समेत बृद्धि भैरहेको अबस्था छ, संघ र प्रदेशमा रहेको बिद्यार्थी मजदुरहरु बुधबार देखी निरन्तर रुपमा दिन प्रतिदिन आउँनेहरुको संख्यामा समेत बृद्धि भैरहेको छ । बाहिरबाट गाउँपालिकामा भित्रिने बिद्यार्थी मजदुरहरुलाई १४ दिन सम्म क्वारेनटाईनमा राख्ने निर्णय अदानचुली गाउँपालिकाले गरेको छ, यता सरकारले गरेको लकडाउनले खान बस्नको समेत समस्या भएको छ बिभिन्न गाउँपालिकाले प्रत्यक्ष प्रभाव सबैलाई पारे पनि गाउँपालिका भित्र रहेका गरिब पडित तथा बिपन्न वर्गहरुलाई राहत बितरण गरीरहेका छन् यता अदानचुली गाउँपालिकाले राहत बितरण कसरी गर्दा उपयुक्त होला भन्दै केहि दिन अघि सर्बदलीय सर्बपक्षिय बैठक मार्फत सुझाब लिएको छ । सोहि सर्बदलिय बैठकमा राखेका सुझाबहरु र गरेको निर्णयलाई केन्द्रीत गरी आजको अंकमा समेट्ने प्रयास गरेका छौ ।