नेकपा सचिवालयको बैठकः उपर्युक्त समयमा उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय


बैशाख २० काठमाडौं । चर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपर्युक्त समयमा प्रतिनिधि सभामा लैजाने औपचारिक निर्णय गर्दै भखैरै सकिएको छ ।

प्रधानमन्त्रीका रुपमा चर्चा गरिएका नेता गौतमलाई उपर्युक्त समयमा उम्मेरदवार बनाएर प्रतिनिधि सभामा लैजाने बारेमा आजको सचिवालय बैठकले निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले लामो समयदेखि चर्चामा रहेको उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभाको सदस्य नाउने विषयलाई आधिकारिकता दिएको पार्टी प्रवmा तथा स्थायी कमिटि सदस्य नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिए ।

बैठक सकिए लगत्तै सञ्चारकर्मीसँग बोल्दै नेता प्रकासले भने, ुबैठकमा पार्टीलाई एकतावद्ध राख्ने, प्रचलित विधि, मूल्य र मान्यतालाई ध्यानमा रखेर पार्टी र सरकार सञ्चालन गर्ने कुरामा सबै नेताअरुको एकमत रहेको छ । बैठकमा सबै नेताहरुले जनअपेक्ष अनुरुप सरकारले देश र जनाताको पक्षमा र समाजवाद उन्मुख कार्यक्रम अगाडी बढाउँदै लैजाने विषयमा छलफल भएको छ ।ु

ुकेही समयदेखि पार्टी र सरकारसँग सम्बन्धीत क्षेत्रमा भएका कमीकमजोरीका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष प्रचण्डलगायतका सबै नेताहरुले बैठकमा औप आत्म आलोचना गर्नु भएको छ ।ु पार्टी प्रवक्ता प्रकासले भने, ुपार्टी र सरकार सञ्चालनका विषयमा थप निर्णय लिन पार्टी स्थायी कमिटिको बैठक आगामी वैशाख २५ गते बिहान ११ बजे काठमाडौंमा बस्ने पार्टी र त्यसको तयारीका लागि सचिवालयको बैठक अगामी २४ गते दिनको ३ बजे बस्ने निर्णय भएको छ ।ु

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रतिनिधि सभाको बैठक बोलाउने तयारी सरकारले गरिरहेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा पार्टी भित्र छलफल गर्ने विषयले प्रवेश पाएको बताइएको छ ।

प्रकाशित मितिः     २० बैशाख २०७७, शनिबार २१:५३  |