अदानचुली गाउँपालिकाले ९८ जनालाई क्वारेनटाईनमा राख्यो


बैशाख १८ हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाले ९८ जनालाई क्वारेनटाइनमा राखेको छ ।

प्रदेश सरकारले उद्धार गरी पठाईएका भनिएका सुर्खेतबाट ८ दिन लगाएर हुम्ला पुगेका सबै नागरिकलाई १४ दिन सम्म क्वारेनटाइनमा राख्ने गाउँकार्यपालिकाको निर्णय भएको अदानचुलि गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

बैशाख १८ गते साँझ ५१ जना पुगेका थिए भने १९ गते ४७ जना गाउँपालिकामा पुगेका छन् । उनिहरु मध्ये १८ गते पुगेका ५१ जनामा वडा नम्बर १ का ४ जना,वडा नम्बर २ का १६ जना,वडा नम्बर ३ का १२ जना,वडा नम्बर ४ को १ जना,वडा नम्बर ५ का २ जना र वडा नम्बर ६ का १६ जना पुगेका सबैलाई क्वारेनटाईनमा राखीएको छ ।

बैशाख १९ गते पुगेका ४७ जना मध्ये वडा नम्बर २ का १५ जना,वडा नम्बर ३ का २२ जना, वडा नम्बर ४ का ५ जना,वडा नम्बर ५ का १ जना र वडा नम्बर ६ का ४ जना सबैलाई क्वारेनटाईनमा राखीएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताए । अझै ५१ जना बाटोमा आईरहेको बताए ।

क्वारेनटाईन भने सम्बन्धीत वडाको बिद्यालयमा राखीएको छ वडा नम्बर २ र ३ लाई भने एकै ठाउँ सुर्योदय माध्यामिक बिद्यालयमा राखीएको छ ।

क्वारेनटाईनमा बसेका सबैलाई खाध्यन्नको ब्यबस्था गाउँपालिकाले गरेको छ भने लुगा कपडाको ब्यबस्था भने सम्बन्धीत घरपरिवारले गरेको छ । क्वारेनटाईनमा बसेकाहरुले ब्यबस्था कम भयो भनेर गुनासो गरेका छन् भने यता गाउँपालिकाले भने भौगोलिक कठिनाई सँगै दुर्गम हिमाली जिल्ला भएकाले सहरको जस्तो सेवा सुबिधा दिन नसके पनि गाउँपालिकाले भ्याए जतीको सेवा सुबिधा दिएका जनाएको छ ।

गाउँपालिका भित्रकै ३ सय भन्दा धेरै नागरीक आउने भएकाले हामीहरुको स्रोत साधनले भ्याए जतीको सुबिधा दिने गरी गाउँपालिका लागेको बताए ।

प्रकाशित मितिः     १९ बैशाख २०७७, शुक्रबार २१:४४  |