आठ दिनमा चार छाक खाना खाएर गृह जिल्ला पुगे हुम्लाका नागरीक


बैशाख २८ हुम्ला । सुर्खेत हुँदै आएका अदानचुली गाउँपालिका नागरीकहरु ८ दिनमा ४ छाक खाना पाएर पुगेका छन् ।

उनिहरु कर्णाली प्रदेश सरकारले केही दिन अघि उद्धार गरेर घर फर्काइएका भनिएका हुम्लाका नागरिक आठ दिनको ४ छाक मात्र खाना खाएर हुम्ला पुगेका हुँन् ।

काठमाडौं , सुर्खेत र बाँकेको नेपालगञ्ज लगायतका स्थानमा लकडाउनका कारण अलपत्र परेका भन्दै कर्णाली प्रदेश सरकारले बसबाट उद्धार गरेका हुम्लाका करिब तिन सय भन्दा धेरै नागरीकहरु आठ दिनको अन्तरालमा ४ छाक मात्र खाना खाई पुगेको बताएका छन् ।

हुम्लाको चंखेली, अदानचुली, खार्पुनाथ, सर्केगाड र सिमकोट गाउँपालिकाका उक्त यात्रुले काठमाडौं बाट हिडिको दिनदेखीु हुम्ला पुग्न लागेको आठ दिनमा दुई छाक मात्रै खाना खान पाउँदा निकै मुस्किल भएको बताएका छन् ।

आठ दिनको भोको पेटमा हुम्ला पुगेका ति नागरिकहरुलाई मुगु र जुम्लाका विभिन्न व्यक्तीले खाना खुवाएका थिए । प्रदेश सरकारले उद्धार गरेको भनिएपछि राम्रो प्रबन्ध गर्नु पर्ने थियो तर त्यस्तो नहुँदा लामो दूरीको यात्रामा वालवालिका र महिलाहरुलाई निकै समस्या परेका टोलीसँग रहेका एकजनाले बताएका छन् ।

उनिहरु घरबाट अध्ययन, रोजगारी, उपचार र अन्य विविध कामले काठमाडौं लगायतका स्थानमा गएका बेला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई थप बढ्न नदिन भन्दै सरकारले लागु गरेको लकडाउनका कारण उनीहरु ऋलपत्र परेका थिए । उनीहरुलाई सरकारले सातवटा बसमार्फत गमगढीसम्म स्थल मार्ग हुँदै घर पठाएको थियो । तर वर्षाको कारण सम्बन्धीत स्थलमा बस पुग्न नसक्दा समस्या भएको बताए ।

प्रकाशित मितिः     १९ बैशाख २०७७, शुक्रबार २१:०८  |