बैशाख १८ हुम्ला । नेपाल कम्युनिष्ट पाटी(नेकपा)सर्केगाड गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । सर्केगाड गाउँ कमिटिका अध्यक्ष गोकुल बुढाको अध्यक्षतामा गाउँ कमिटि सचिवालय स्तरीय बैठक बसेको हो ।
बिगतमा भएका पार्टी कमिटिका बैठकको समिक्षा,बिस्वभर फैलीएको कोरोना भाईरस(कोभिड १९)रोकथाम र पार्टी सेल कमिटि गठन लगायतका बिषयमा छलफल गरीएको गाउँ कमिटि अध्यक्ष गोकुल बुढाले जानकारी दिनु भयो ।
बिहिबार बसेको गाउँ कमिटिको बैठकले कोरोना भाईरस गाउँ वडा तथा टोलमा छिर्न नदिनको लागि जनचेतना जोगाउन गाउँपालिकालाई अनुरोध गर्दै पाटी कमिटीले पनि साथ दिने निर्णय गरेको छ ।
पार्टी एकता भएको वर्षौ दिन बिति सक्दा पनि सेल कमिटिहरु गठन नभएकाले एक महिना भित्र वडा कमिटिका अध्यक्ष ईन्चार्ज र सह इन्चार्जले गठन गरेर गाउँ कमिटिमा पेश गर्ने निर्णय पनि भएको छ ।
बिहिबार उपलब्ध सचिबालयका सदस्यहरुको बसेको बैठकले गाउँ कमिटिलाई ब्यबस्थीत तथा जनसम्पर्क बढाउनको लागि गाउँ कमिटिका अध्यक्ष गोकुल बुढाको अध्यक्षतामा ५ सदस्यीय जनसम्पर्क समिति गठन गरीएको पनि बताए । उक्त बैठकले कार्यालय सचिबमा नैन बहादुर राबललाई सर्बसम्मत गरेको छ ।
केहि दिन अघि सर्केगाड गाउँपालिकाका पदाधीकारी र क्रमचारी बिच भएको हात हालाहालको घटनालाई घोर भर्षना गर्दै स्थानीय सरकार र सरकारी क्रमचारी प्रति स्थानीय नागरीकनै त्रसीत हुँने वातावरण बनेको अबस्थालाई मध्येनजर गरी आगामी दिनमा यस्तो घटना दोहोरीन नदिन स्थानीय सरकारलाई एथासिघ्र सो बिषयलाई छानबिन गरी दोषीलाई कारबाहीको माग समेत गरेको छ ।
यस घटनालाई सत्य तथ्य छानबिन गर्नको लागि एक उच्च स्तरीय छानबिन समिति गठन गरी तत्काल छानबिन गर्न माग गरेको अध्यक्ष बुढाले बताए,उनका अनुसार असोज १३ गते सपथग्रहण कार्यक्रमा भएको खर्चको अनुमोदन गरको पनि बताउनु भयो ।