बैशाख १८ हुम्ला । नेपाल बिद्यार्थी संघ हुम्लाले रेडियो द्धारा कक्षा सञ्चालनको माग गर्दै एक बिज्ञप्ती जारी गरेको छ ।
कोरोना भाईरस(कोभिड १९) ले गर्दा नेपाल अहिले लकडाउनमा भएकाले शैक्षिक सस्था बन्द भएको अबस्थामा स्थानिय एफ एम रेडियो द्धारा कक्षा सञ्चालन गरी बिद्यालय सञ्चालन गर्नु पर्ने माग गर्दै नेपाल बिद्यार्थी संघ हुम्लाले प्रेष बिज्ञप्ती जारी गरेको हुम्ला जिल्ला अध्यक्ष धर्मराज जैसीले बताउनु भयो ।
बिहिबार जारी प्रेष बिज्ञप्तीमा बिस्वमा अलिे महाँमारीको रुपमा फैलीएको कोरोना भाईरस(कोभिड १९)को संकटपुर्ण अबस्थामा नेपालका बिभिन्न शैक्षिक संस्थाहरुले अनलाईनबाट कक्षा सञ्चालन गरेको अबस्थामा हाम्रो जस्तो दुर्गम क्षेत्र हुम्लामा स्थानीय रेडियो मार्फत कक्षा सञ्चालन गर्न माग गरिएको छ ।
दुर्गम गाउँहरुमा सबै बिद्यार्थीको पहुँचमा ईन्टरनेट नभएकाले सम्पुर्ण बिद्यार्थीको पठनपाठनलाई मध्येनजरी गरी यस्तो समस्यालाई समाधान गर्न सम्पुर्ण बिद्यालय ब्यबस्थापन समिति,बिद्यालयका प्रधानाध्यापक,जिल्ला शिक्षा समन्वय ईकाई,७ वटै स्थानीय तहका साथै हुम्ला जिल्लामा रहेका ३ वटै एफ एम रेडियोहरुलाई सहयोग गरी दिन आग्रह गर्दै जोडदार माग गरीएको उक्त बिज्ञपतीमा उल्लेख गरीएको छ ।
७ वटै गाउँपालिकाले आफ्नो पाएक पर्ने एफ एम रेडियो मार्फत कक्षा सञ्चालन गर्न अनुरोध गर्दै यो संकटको अबस्थामा सबैले हातेमालो गरी कोरोना संक्रमणलाई नियन्त्रण गर्न सम्बन्धीत सबैलाई आग्रह गरीएको नेपाल बिद्यार्थी संघ हुम्लाका अध्यक्ष धर्मराज जैसी द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख गरीएको छ ।