क्वारेनटाईनमा रहेका बिद्यार्थीहरुले बिद्यालयको घेरबार गरे


बैशाख २२ हुम्ला । क्वारेनटाईनमा रहेका बिद्यार्थीहरुले बिद्यालयको घेरबार गरेका छन् बैशाख २० गतेबाट क्वारेनटाइृनामा बसेका बिद्यार्थी काठमाडौ नेपालगञ्ज र सुर्खेत लगायतका क्षेत्रबा कर्णाली प्रदेश सरकारले गाउँमा पाएको थियो ।

अदानचुली गाउँपालिका स्थीत छत्रपाल आधारभुत बिद्यालयको क्वारेनटाईनमा बसेका ३८ जना बिद्यार्थीहरुले दिनमा खाली बसेर समय बिताउनु भन्दा केहि काम गरेर बस्नु पर्ने भन्दै क्वारेनटाईनमा बसेका सबै बिद्यार्थी मिलेर बिद्यालयको भत्कीएको घेरबार पुन निमार्ण गरेको काठमाडौबाट फर्किएका बिद्याथी बल बहादुर फडेराले बताउनु भयो ।

उनका अनुसार बिद्यालय पनि हामी सबैको भएकाले हामीहरुको क्वारेनटाईन अबधीमा एक न एक नमुनायोग्य काम गरेर जाने सबै सँग सरसल्लाह भएको बताउनु भयो ।

२१ गते सबै मिलेर बिद्यालयहाता भित्र रहेको खेलमैदान सहित आसपासको क्षेत्रमा सरसफाई गरीएको बताए ।

प्रकाशित मितिः     २२ बैशाख २०७७, सोमबार १९:१५  |