छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका २१ जनाको आरडीटी टेस्ट नेगेटिभ


बैशाख २२ हुम्ला । छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका २१ जनाको आरडीटी टेस्ट नेगेटिभ देखीएको छ ।

भारतको पिथौरुगढ हुँदै आएका अदानचुली गाउँपालिकामा बैशाख २१ गते भित्रिएका एक्काइसै जनाको रिपोर्ट नेगेटिभ देखीएको अदानचुलि गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनु भएको छ ।

बैशाख २० गते हुम्ला र बाजुराको समाना कुवाडी हुँदै अदानचुली गाउँपालिकामा प्रबेश गरेका ३२ जना मध्ये २१ जना अदानचुलीका र ११ जना सर्केगाड गाउँपालिकाका नागरिक मध्ये अदानचुलि गाउँपालिकामा भित्रिने २१ जनाको मात्र र्यापिड डाईगोनोस्टीक टेष्ट गर्दा सबैको रिपोर्ड नेगेटीभ देखीएको बताउनु भयो ।

अदानचुली गाउँपालिका अन्त्रगत ६ जना वडा नम्बर २ का र १५ जना अदानचुली गाउँपलिका वडा नम्बर ५ करगईका नागरीकहरु रहेको गल्फागाड प्रहरी चौकीका हवल्दार शिबराज जोसीले जानकारी दिए । उनका अनुसार स्थानीय सरकारको सहमतीमा सर्केगाड गाउँपालिकाका नागरीकलाई सर्केगाडमै पठाएको र अदानचुलि गाउँपालिकाका नागरीकलाई भने वडा नम्बर १ को घाटमा क्वारेनटाईन बनाई राखीएको बताए ।

भारत देखी यहाँ सम्म करिब ३५ दिनको दुख र बेदनाहरु लिएर आइृतबार साँझ अदानचुली गाउँपालिकाको सिमा क्षेत्रमा आई पुगेका २१ जना नागरीकहरु गाउँमै गएर बस्ने बताउँदै आएका छन् तर उनिहरुलाई गाउँका नागरिकहरुले नै क्वारेनटाईन अबधी नसकी गाउँमा नपठाउन आग्रह गरे पछि गाउँ भन्दा केही टाढा राखीएको अदानचुलि गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

उनिहरु भने गाउँमै गएर स्थानीय सरकारसँग कुरा गर्ने प्रतिकृया दिएका छन् टोलीका एकजनाले भने बंगलादेश,चिन लगायतका देशहरुमा भएका एक दुई नागरीकलाई हेलीकप्टर लिएर उद्धार गर्नुनु पर्ने तर हामी गरिबीका कारण औषधी उपचारसँगै घरपरिवार पाल्न गएका नागरीकलाई सिमा क्षेत्रमा रोकेर अलपत्र पार्नु पर्ने भन्दै निकै आक्रोसमा देखीएका थिए उनले थपे हामी दाचुलामा हुँदा कुन नेतालाई खबर गरेनौ हामीले ? कसैले पनि फोन उठाएन,के हामी उनका जनता होईनौ ? यि र यस्तै प्रस्न गर्दै आक्रोस ब्यक्त गरे ।

प्रकाशित मितिः     २२ बैशाख २०७७, सोमबार २०:२६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *