नेपालगञ्जमा कोरोना संक्रमति २३ पुग्यो


बैशाख २३ बाँके । एक बालिकासहित थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । नेपालगञ्जमा १ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ । उनीहरू सबै नेपालगन्ज–८ का बासिन्दा हुन् ।

नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ मा आइतबार १५ जनामा कोरोना भाइरस ९कोभिड–१९० पुष्टि भयो । योसँगै नेपालगन्जमा संक्रमितको संख्या २३ जना पुगेको । शुक्रबार नेपालगन्ज–५, डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि ९० जनामा परीक्षण गर्दा अरूमा १५ जनामा पनि कोरोना संक्रमण भेटिएको थियो । योसँगै नेपालमा संक्रमितको कुल संख्या ८२ पुगेको छ ।

प्रकाशित मितिः     २३ बैशाख २०७७, मंगलवार ०९:१०  |