दाने बोहरा हुम्ला
बैशाख २३ हुम्ला । हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रीएका नागरीकलाई कोरोना परीक्षण गर्नका लागी किट नहुँदा परीक्षण रोकीएको छ ।
जिल्लाका सात स्थानीय तह मध्य तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरीएको छ भने अन्य ६ वटा स्थानीय तहमा किट नहुँदा ठूलो संख्यामा जिल्ला बाहिरबाट उद्धार गरी जिल्लामा भित्रिएका नागरीकलाई परीक्षण गर्न किटको अभाव हुँदा कोरोना भाइरस कोडिभ (१९) परीक्षण रोकिएको छ ।
२१ गते अदानचुली गाउँपालिकामा कोरोना परीक्षण गरीएको २१ जनाकै रिर्पोट नेगेटिभ आएको छ । यही वैशाख १८ गते यता हुम्लामा पैदल मार्गबाट ७ सय ७४ जना र हवाई मार्गबाट ४ सय ८० जना नागरीक हुम्ला भित्रिएका छन् । उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने तर त्यसपछि कोरोना भाइरस संक्रमणको परीक्षण गर्नु पर्ने भए पनि किटको अभाव भए पछि स्वास्थ्यकर्मी नै अन्यौलमा परेका छन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहका अनुसार, “कार्यालयसँग भएका सबै किटहरु सकिएका छन् । किट अभावमा परीक्षणको काम रोकिएको हो । ” प्रदेश सरकारले पहिलो पटक पठाएका किट सबै सकिएपछि परीक्षणमा समस्या निम्तीएको बताउनु भयो ।
अदानचुली गाउँपलिकामा भने जम्मा ४० वटा आरडिटि किट आएकोमा भारतबाट आएकालाई टेष्ट गरेको र जिल्लामै किट नभएकाले सबैलाई टेष्ट गर्न नसकिने बताउँदै नमुना परिक्षण मात्र गर्न सकिने अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताए ।