बैशाख २३ हुम्ला । सिमकोट गाउँपालिका वडा पाँच र छ मा रहेका दुई क्वारेन्टाइनमा बसेका नागरीकलाई आर्थिक सहयोग जुटेको छ ।
केहीदिन अगाडी जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट उद्धार गरी वडा ६ मा रहेको कालाशिल्ता प्रावि र वडा पाँच भिमशेन आधारभुत विद्यालयका क्वारेन्टाइनमा बसेका ७२ जनालाई सिमकोट गाउँपालिका वडा पाँचका राजु रावतले एक लाख पैछट्टी हजार रुपैयाँ आजै आर्थिक सहयोग गरेको भिम रोकायाले जानकारी दिनुभयो ।
जिल्ला बाहिर काठमाण्डौ,पोखरा, नेपालगञ्ज र सुर्खेतबाट उद्धार गरी वडा कार्यालयले बनाएका क्वारेन्टाइनमा बसेका नागरीकलाई क्वारेन्टाइनमा बस्दा ुहुनपर्ने सेवा सुविधाको कुनै कमी नहोस् भनी स्थानी राजु रावत र उनका श्रीमतीले आजै दुवै क्वारेन्टाइनलाइ ८२ हजार ५ सयका दरले सहयोग गरेको रोकायाले बताउनु भएको छ ।
यता अदानचुली गाउँपालिकामा भने हिजो मात्र गएको स्थानीय निवार्चनमा उपाध्यक्षको निर्बाचनमा पराजीत अदानचुली ४ की अनिता बुमीले अदानचुली गाउँपालिकाका ६ वटै वडामा चाउचाउ,बिस्कुट र चिनिचियापत्ती बितरण गरेकी छन् भने नेकपा अदानचुलि गाउँकमीटीका सहईन्चार्ज कर्ण रोकायाले पनि सुर्योदय माबी र छत्रपालको क्वारेनटाईनमा एक एक कार्टुन चाउचाउ बितरण गरेको जनाइएको छ ।