क्वारेन्टाइनमा बेड नहुँदा भुइमा सुतिरहेका नागरीकलाइ मानसरोवर होटेलद्धारा १५ वटा बेडको सहयोग


दाने बोहरा
बैशाख २४ हुम्ला । सिमकोट वडा पाँच तल्लो गाउँमा रहेको भिमसेन आधारभुत विद्यालयको क्वारेन्टाइनमा रहेका नागरीकका लागी मानसरोवर होटेलले बेड सहयोग गरेको छ ।

वडा पाँच कार्यालयले बेड बनाउन नसक्दा भुइमा सुत्दै आएका वृद्धवृद्धालाई सित लाग्ने डरले रहेको भन्दै आजै मानसरोवर होटेलले १५ वटा बेडको सहयोग गरेको जानकारी हक्कि संघ हुम्लाका रामजन रावतले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले जिल्ला बाहिर नेपालगञ्ज, सुर्खेतबाट उद्धार गरी ल्याएर अहिले आफ्नै वडा मातहातका क्वारेन्टाइनमा ४३ जना नागरीक बसिरहेका छन् ।

वडा पाँचका अध्यक्ष कृष्ण बोहराका भने, “वडा कार्यालयबाट उद्धार गरेका सबै नागरीकलाई बेडको व्यवस्था गर्न समस्या हुँदा केही एक दुई जना वृद्धवृद्धालाई मात्रै उपलब्ध गराएको र अरु सबैले भुइमा सुत्दै आउनुपरेको हो । ”वडा पाँच कार्यालयले क्वारेन्टाइनमा बसेका आफ्ना वडाका नागरीकलाई प्लाष्टिकको कार्पेट बाहेक अरु सुविधा दिन नसकेको हो ।

क्वारेन्टाइनमा बस्दै आएका संजिता रोकाया भने, “वडा कार्यालयले आफुहरुलाई भेडा बाख्रा सम्झेर विना सेवासुविधाको क्वारेन्टाइनमा राखेको भन्दै गुनासो गरे । वडा पाँच कार्यालयले बेड र लत्ता कपडाको सुविधा नगरी दिदा आफ्नै घरबाटै ल्याएर क्वारेन्टाइनमा बस्नुपरेको छ । ”

सिमकोट गाउँकार्यपालिकाको केही दिन अगाडी बसेको बैठकले आफ्ना वडा एक देखि आठ सम्म उद्धार गरीएका सबै नागरीकलाई विहान बेलुका प्रति छाक खानाको दुई सय पचास मात्रै दिने निर्णय गरेको हुँदा क्वारेन्टाइनमा बस्ने नागरीकलाई समस्या निम्तीएको छ ।

प्रदेश सरकारले तत्कालै उद्धार गरेपछि अधिकांस वडा कार्यालहरुले बेड बनाउन नसक्दा सेवासुविधामा कमीभएको स्वीकार गर्दै आएका छन् । यस्तै क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना परीक्षणका लागी किट नहुँदा परीक्षण हुन सकिरहेको छैन् ।

प्रकाशित मितिः     २४ बैशाख २०७७, बुधबार २०:०७  |