सुर्खेतमा रहेका सर्केगाड गाउँपालिकाका नागरीकलाई आर्थिक सहयोग


भिम बहादुर परियार
बैशाख २४ सुर्खेत । लकडाउनका कारण सुर्खेतमा रहेका सर्केगाड गाउँपालिकाका नागरीकलाई आर्थिक सहयोग गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समस्यामा परेका हुम्लाको सर्केगाड गाउपालिका नागरिक वा विद्यार्थिहरुलाई नेकपा हुम्लाका सचिवालय सदस्य तथा सर्केगाड गाउपालिकाका सह इन्चार्ज छवि थापा र पुर्व सांसद छिमिदाेर्जे लामाको आर्थिक सहयोगमा राहत वितरण गरेको छन् ।

कोरोना भाईरसका कारण लकडाउनको बेला घर जान नपाएका विद्यार्थि बिभिन्न कामको सिलसिलामा सुर्खेतमा रहेका ५० जना नागरिकहरुलाई राहत वितरण गरिएको सचिवालय सदस्य थापाले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थि लगाएत अन्य नागरिकलाई छाकटार्न निकै संकट परेको समयमा कोठाभाडामा बस्नेलाई एक कठ्ठा चामल र होटलमा बसी दिन बिताइ रहेका नागरिकलाई १।१ कठ्ठा चामल बराबरको नगद रकम सहयोग गरेको थापाले बताए ।

 

सुर्खेतमा उपचारको क्रममा झण्डै ३ महिना सम्म बस्दै आएकी सर्केगाड गाउपालिका १ जैरकी ध्यागा भियालले एक कठ्ठा चामल पाउदा निकै खुसि भएको बताईन् । सरकारले लकडाउन गरेको झण्डै ४५ दिन पुग्दा कोठामा रासन नभएको बेला यसरी ब्यक्तिगत रुपमा सहयोग गरेकोमा धन्यवाद दिदै सुखी ब्यक्त गरिन् ।

रासनका लागी खोले पकाउने अवस्था आएको बेल एक कठ्ठा चामल पाएकोमा सर्केगाड गाउपालिका वडान ६ का अर्जनु साहीले पनि निकै प्रशंसा गर्नु भयो ।

वीरेन्द्रनगर नगरपालिकाले दिएको ५ केजी राहत नपाएको अवस्थामा बुधबार ब्यक्तिगत रुपमा नै सहयोग गरेकाले निकै खुसि भएको बताए । सरकारले नै यति ठुलो राहत बितरण गर्न नसकेको अबस्थामा १।२ जना ब्क्तिले राहत बितरण गरेकामा खुसी ब्यक्त गरे ।

प्रकाशित मितिः     २४ बैशाख २०७७, बुधबार २१:२०  |