चार जनाको आरडिटी परिक्षण गरीएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ


बैशाख २५ हुम्ला । अदानचुली गाउँपालिकाले ब्यबस्थापन गरेकोे क्वारेनटाईनमा राखीएका मध्ये ४ जनाको परिक्षण गरीएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ देखीएको छ ।

काठमाडौ नेपालगञ्ज र सुर्खेत हुँदै गाउँमा पुगेका बिद्यार्थी तथा नागरीकहरुलाई अदानचुली गाउँपालिकाले करिब १ सय १९ जनालाई क्वारेनटाईनमा राखेको छ ।

अदानचुली गाउँपालिकाले केही असक्त र छुट्टै एकान्त घर भएका केही ब्यक्तिलाई होम क्वारेनटाईनमा राखेको छ , क्वारेनटाईनमा राखेकाहरु मध्ये ४ जनालाई नमुनाको रुपमा कोरोना संक्रमणको दु्रत परिक्षण र्यापि टेष्ट गरेकोमा चारै जनाको रिपोर्ट नेगेटिभ देखीएको छ ।

काठमाडौबाट आएका मध्ये एक जना,सुर्खेतबाट आएका मध्ये एकजना,बुटवलबाट आएका मध्ये एकजना र धेरैठाउँ गएका मध्ये एकजनालाई आरडिटि परिक्षण गर्दा चारै जनाको रिपोर्ट नेगेटिभ देखीएसँगै उक्त क्वारेनटाईन स्थलमा रहेका सबै खुसी भएको अदानचुलि गाउँपालिकाका स्वास्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनु भएको छ ।

अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराका अनुसार अदानचुली गाउँपालिकामा भित्रिएका सबै नागरीकहरु सँगसँगै आएकाले नमुनाको रुपमा गरिएको परिक्षणमा सबै समुहको रिपोर्ट नेगेटीभ बताए । देश भित्र बाहेक अन्य तेस्रो मुलुकबाट आएका लाई अनिवार्य टेष्ट गर्नु पर्ने भएकाले अब नेपाल भित्रबाट आएकालाई टेष्ट नगर्ने भएको बताउनु भएको हो ।

अहिले नेपालमै कोरोना टेष्ट किट(आरडिटी)को अभाब भएकाले अत्याबश्यक बाहेक अन्यलाई टेष्ट गर्न नसकीने स्वास्थ्य संयोजक महताराले बताउनु भयो । बिहिबार गरेको टेष्ट सँगै अदानचुली गाउँपालिकामा ३९ जनाको टेष्ट गरीएकोमा सबैको रिर्पोट नेगेटिभ देखीएको छ ।

प्रकाशित मितिः     २५ बैशाख २०७७, बिहीबार १९:२४  |