बैशाख २५ हुम्ला । सुर्योदय माध्यामिक बिद्यालयको क्वारेनटाईनमा राखेका बिद्यार्थी तथा नागरीकहरुले दिप प्रज्वलन गरेका छन् ।
शान्तीका दुतको रुपमा मान्दै आएका भगवान गौतम बुद्धको २५६४ औ जन्मजयन्तीको अबसरमा नेपाल सरकाले प्रत्येक घर घरमा दिप प्रजोलन गर्ने निर्देशन गरे अनुसारनै आफुहरु क्वारेनटाईनमा भए पनि दिप प्रज्वलन गरीएको क्वारेनटाईनमा बसेका नेकपा अदानचुलि गाउँकमिटीका सचिब बुध भण्डारीले बताए ।
भौगोलिक कठिनाईका साथै देश लकडाउनमा भएकाले मैनबत्ती बजारमा नपाए पनि अस्पतालमा भएको कटनको दियो बत्ती बनाई खाने तेलमा राखेर दिप प्रज्वलन गरेको धनराम फडेराले बताए ।
मैदा र पिठो अबिरले नेपालको नक्सा बनाई क्वारेनटाईनमा बसेका ४१ जनाले ४१ दियो बत्ती बालेको क्वारेनटाईनमा बसेका वडा न. २ का पर बहादुर बुढाले बताए ।
बिद्यालयको खेलमैदानमा ठुलो नेपालको नक्सामा दियो बत्ती बनाई “दियो जगाउ कोरना भगाउँ” भन्दै दिप प्रज्वलन गरेका हुँन् उनिहरुले अहिले बिस्वलाई कोरानाले अशान्ती मचाई रहेको अबस्थामा शान्तीका अग्रदुत भगवान गौतम बुद्धले कोरोना भाईरस हाम्रो गाउँमा नआवस भन्दै दिप प्रज्वलन गरेको काठमाडौमा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले बताए ।