चार गाउँपालिकाका लागि ८० वटा किट सहित २ जना स्वास्थ्यक्रमी कर्णाली प्रदेश सरकारले खटायो


बैशाख २८ हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाका लागी कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल माउण्टेन हेलिकप्टरबाट आईतबार जिल्ला पुगेका छन् ।

जिल्लामा पछिल्लो समय किट र स्वास्थ्यकर्मीको अभाव भएकाले बेला आजै सामाजिक मन्त्री रावल सहित विशेषज्ञ डाक्टरको टोली र स्वास्थ्य सामग्री लिएर तल्लो क्षेत्रका ताजाकोट हुँदै क्रमश अदानचुलि, सर्केगाड र चंखेली गाउँपालिकामा आजै पुगेका हुन् ।

कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला हुम्लामा क्वारेन्टाईनमा रहदै आएका नागरिकहरुको कोरोना संक्रमण परिक्षणका लागि सुर्खेतबाट स्वास्थ्यकर्मी सहित केही उपकरण पनि पठाएको छ ।

जिल्लाका क्वारेन्टाईनमा रहदै आएका नागरिकहरुलाई कोरोना संक्रमणको लक्षण परिक्षणका लागि किटहरु नभएको बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्यकर्मी र किटहरु ल्याएको सामाजिक बिकास मन्त्री दल बहादुर रावलले बताएका छन । जिल्लाका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिकामा हेलिकोप्टरबाट आईतबार किट र स्वास्थ्यकर्मी ओसार्ने ब्यबस्था गरिएको मन्त्री रावलले बताउनुभयो ।

ती गाउँपालिकामा नेपालगंज सुर्खेत र छिमेकी मुलुक भारतबाट उद्धार ५ सय २० जना क्वारेन्टाईनमा रहदै आएका छन् । जस मध्य ताँजाकोटमा धेरै बिद्यार्थीहरु गाउँपालिकामा भित्रिय पनि क्वारेनटाईनमा भने ५ जनालाई मात्र राखेको छ सर्केगाडमा पछिल्लो समय ११ जना भारतबाट आए पनि १६ जनालाई मात्र क्वारेनटाईनमा राखेको छ यता अदानचुलीमा २ सय ५ जना,चंखेलीमा २ सय ९४ जनालाई क्वारेन्टाइनमा रहेका छन् । यी सबैलाई चेक जाँच गर्नका लागी प्रदेश सरकारले ८० वटा मात्र किट मात्रै पठाएको छ ।

जसमा चंखेली र अदालनचुली गाउँ पालिकालाई ३०।३० र सर्केगाड र ताँजाकोट गाउँ पालिकालाई १०।१० वटा गरी ८० वटा आरडिटी किट पठाएको स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रिता भण्डारीले बताएकी छन् । एक पालीकामा एक जना विशेषज्ञ डाक्टर सहित दुइजना गरि ८ जना स्वास्थ्यकर्मी र आवश्य स्वास्थ्य सामाग्री आजै मुख्य मन्त्री र सामाजिक विकास मन्त्रि दल रावलले जिल्लाको तल्लो बेल्टका ४ वटा गाउँ पालिकामा पुर्याएका थिए । त्यसै गरि माथिल्लो तीन वटा गाउँपालिकाकलागि हवाई जहाजबाट पिसिआर किट पठाएर कोरोना संक्रमणको नमूना परिक्षण गरिने मन्त्री रावलले बताउनुभयो ।

यी तीन गाउँपालिकामा ३८९ जना क्वारेन्टाईनमा रहदै आएका छन् । हुम्ला हाल कुनै पनि गाउँपालिकामा कोरोना संक्रमणका टिकहरु छैनन् । कोरोना संक्रमणका किटको अभाब भएपछि जिल्लाबाट त्यसको मागका लागि प्रदेश सरकारलाई ठुलो दबाब पर्दै आएको छ । जिल्लाका ४ वटा गाउँपालिकामा सामाजीक बिकास मन्त्री दल रावल पुगे पनि ५ मिनेट भन्दा धेरै समय बसेका छैनन् ।

यता अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले भने पुर्व जानकारी गराएर मात्र आउनु पर्नेमा कुनै जानकारी नभएको बताएका छन् उहाँका अनुसार फोन नलागे पनि इमेल,फेसबुक मार्फत जानकारी गराउनु पर्ने बताउँदै प्रदेश सरकारले उद्धार गरी पठाएका सबै बिद्यार्थी तथा नागरीकलाई पनि के कती कसरी पठाएको हो जानकारी नगराउँदा समस्या भएको बताए ।

मन्त्री रावलले भने फोन सम्पर्क नहुँदा समस्या भएको प्रतिकृया दिए ।

अदानचुली गाउँपालिकामा २० वटा आरटिडी किट र १०० वटा ओटीए र पिसिआर  पुगेकाे अदानचुली स्वास्थ्य स‌म्याेजक ह‌स महताराले जानकारी दिए ।

प्रकाशित मितिः     २८ बैशाख २०७७, आईतवार २०:२४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *