दाने बोहरा
जेष्ठ ३ हुम्ला । स्थनीयको विरोधले गएको तीन महिनादेखि विवादीत बनेको कर्णाली करिडोर निर्माणलाई बहुमतका आधारमा निर्माण कार्य अगाडी बढाइने भएको छ ।
शुक्रबार सिमकोट गाउँपालिकाको वडा नम्बर ४ र ६ को संयुक्त बसेको बैठकले पुरानै सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट नै ल्याउने सहमति भएको वडा ४ का अध्यक्ष छविचन्द्र लामाले बताए । वडा पाँचका स्थानीयले विरोध गरेपछि तीन महिना देखि राष्ट्रिय गौरवको आयोजनाको निर्माण कार्य रोकिएको छ ।
कर्णाली करिडोर अन्र्तगत सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट ल्याएको भन्दै स्थानीयले सडक निर्माण कार्य अगाडि नबढाउन माग गर्दै बिरोधमा उत्रिएका थिए । वडा ५ का ३१४ घरधुरीलाई सडकले नछोएको भन्दै उनीहरु विरोध गर्दै आएका थिए ।
तीन महिना देखि सडक निर्माण कार्य रोकिदा वडा पाँचका जनता विकासको प्रतिफल पाउनबाट आफै बन्चित भएका हुन् । यहाँका नागरीक विकासमुखी हुन छोडेर विकास विरोधी भएको जस्तै देखिएको छ ।
केही दिन अगाडी सडक निर्माणलाई अगाडी बढाउनको लागी स्थानीय प्रशासनको अगुवाईमा स्थलगत रुपमा निरीक्षणका लागी निस्केपनि स्थानीयको विरोधपछि विना सहमतिमा टोली फिर्ता भएको थियो ।
सडक निर्माण रोकिदा जनता आफै प्रतिफल पाउनबाट बञ्चित हुनुको साथै शुक्रबार वडा ४ र ६ को बसेको बैठकले पुरानै डिपिआरलाई सहमति दिने निर्णय समेत गरेका छन् ।