लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान


जेष्ठ ३ हुम्ला । धेरै दिन देखी बिबादमा रहेको लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान भएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष महाँबिर छत्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले गाउँकार्यपालिकाको बैठकले गरेको निर्णयलाई स्वीकार्दै यस आर्थिक वर्षको बजेटले लौठि सेरा कालागाड सडक खण्ड निमार्ण गरीने र आउँदो आर्थिक वर्षको वडा नम्बर ५ को बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगई सडक खण्ड निमार्या गर्ने निर्णय गरीएको वडा अध्यक्ष महाबिर छत्यालले बताउनु भयो । वडा अध्यक्ष छत्यालले भने “निकै लामो रस्साकस्सी पछि बिबाद समाधान भएको छ अब छिट्टै निमार्ण कार्य सुरु गर्ने छौ” ।

जिल्ला समन्वय समितिका सदस्य अजबिर शाही सहित उक्त वडाका राजनितिक दलका नेता,बुद्धिजिबि,सहित स्थानीय नागरिक ३४ जनाको उपस्थितीमा उक्त निर्णय भएको छ । एक महिना अघि देखी लौठि सेरा कालागाड सडक खण्ड निर्माण गर्न नहुँने र पाम्स काँखे बारीगाउँ हुँदै करगाई सडक निमार्ण गर्नु पर्ने भन्दै बिबाद भए पछि उक्त सडक निमार्ण कार्य रोकीएको थियो ।

शुक्रबार सिस्ने खोलामा बसेको जनप्रतिनिधि,राजनितिक दलका नेता सहित बुद्धिजिबिको बैठकले यस आर्थिक वर्षको बजेटले लाैठीबाटै सेरा हुँदै कालागाड सडक निमार्ण गर्न दिने र आउँदो आर्थिक वर्षको बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगाइ सडक निमार्ण गर्न लगाउने निर्णय भएको स्थानिय मोहनराज छत्यालले बताए ।

प्रकाशित मितिः     ३ जेष्ठ २०७७, शनिबार ०८:१४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *