क्वारेनटाईनमा बसेका सबै घर फिर्ता


जेष्ठ ३ हुम्ला । अदानचुली गाउँपालिकाले ब्यबस्थापन गरेको क्वारेनटाईनमा बसेका शनिबारबाट सबै घर फिर्ता भएका छन् ।

काठमाडौ,नेपालगञ्ज,सुर्खेत लगायत बाहिरी जिल्लाबाट आएका अदानचुली गाउँपालिकाका २ सय १४ जना र भारतबाट आएका २१ जना गरी २ सय ३५ जना सबै आजबाट घर पठाएको स्वास्थ्य संयोजक हंस महताराले बताए ।

बैशाख १८,१९, २० र २१ गते देखी क्वारेनटाईनमा बसेका सबै शनिबार देखी घर फिर्ता भए पछि आजबाट अदानचुलीका सबै क्वारेनटाईन खाली भएको बताउनु भयो ।

गाउँपालिकाले वडा नम्बर १ को जनकल्याण आधारभुत बिद्यालयमा २१ जना,मण्डाल्नी प्राथमिक बिद्यालयमा १६ जना,हिमालचुली आधारभुत बिद्यालयमा ३ जना,ज्ञानोदय माध्यामिक बिद्यालयमा १६ जना,छत्रपाल आधारभुत बिद्यालयमा ४२ जना,सुयोदय माबिको छात्रबासमा २९ जना,सुयोर्दय माबिको भबनमा १९ जना,सल्लाघारी माबीमा २१ जना,फिन्गौणामा १२ जना,गल्फागाड प्राथमीक बिद्यालयमा ६ जना,डाहालमा १५ जना,सर्किदेउ प्राबिमा ५ जना र कैलाशपुरी माध्यामिक बिद्यालयमा ३० जना गरी जम्मा २३५ जना क्वारेर्टानमा राखेको थियो ।

हुम्ला जिल्लाको बिच भागमा रहेको सर्केगाड गाउँपालिकाले ब्यबस्थापन गरेको क्वारेनटाईनमा बसेका ११ जनालाई आज घर पठाइएको अहेब बुढाले बताउनु भयो । उहाँका अनुसार वडा नम्बर १ जैरको डोर्का क्वारेनटाईनबाट ८ जना र नाउली क्वारेनटाईनबाट ३ जनालाई १४ दिन क्वारेनटाईनबाट साधारण चेकजाँच गरी घर फिर्ता पठाइएको बताए ।

प्रकाशित मितिः     ३ जेष्ठ २०७७, शनिबार ०७:५९  |