बैशाख ३१ हुम्ला । अदानचुली गाउँपालिकाको गोरपाली हुँदै ढकानीकुना गाउँमा सडक पुगेको छ ।
कर्णाली प्रदेश सरकार कृषि बिकास मन्त्रालयद्धारा ग्रामिण सडकको लागि १० लाख र बाँकी गाउँपालिकाले ब्यहोर्ने गरी २ किलो मिटर २ सय मिटर सडक सम्पन्न छ ।
गाउँमा सडक पुगे सँगै त्यहाँका नागरीकले सबै जनप्रतिनिधि सँगै स्थानिय राजनितिक दलका नेताहरुले बोलाएर स्वागत गरेका छन् जेसीबी द्धारा खनिएको नयाँ सडक अदानचुली गाउँपालिकाको पहिलो पटक गाउँमा सडक पुगेकोले उक्त सडकको अनुगमन गरेकोे नेकपा अदानचुली गाउँकमिटिका सहईन्चार्ज कर्ण रोकाया सुधारले बताउनु भएको बताए । उनले भने छोटो समयमा सडक गाउँमा पुग्नु उल्लेखनिय कार्य हो ।
२ सय ८२ घण्टामा २ हजार २ सय मिटर सडक जेसिबिले खनेर मंगलबार सम्पन भयो ।