बैशाख ३० हुम्ला । हुम्ला जिल्लाको अदानचुली ६ पाल्स लिस्याका माङ्ले बुढाको भिरबाट लडेर ज्यान गएको छ ।
बैशाख २९ गते दिउसो भैसीलाई घाँस काट्न घर नजिकैको भिरमा गएर घाँस काट्दै गरेको अबस्थामा लडेर घटना स्थलमै ज्यान गएको वडा नं ६ का वडा अध्यक्ष सुरजित्या टमटाले बताए ।
वडा अध्यक्ष टमटाका अनुसार सोमबार साँझ तिर घरमा नास्ता खाएर घरमा पालेको भैसीलाई घाँस काट्ने क्रममा लडेर मृत्यु भएको बताउनु भयो । ३५ वर्षिया मृतक बुढाकी श्रीमती डिल्ली बुढा गएको वर्ष किट्नी फेल हुँदा निधन भएको थियो अहिले उनको बृद्ध आमा र २ छोरा १ छोरी छन् १ छोरीले भने बिहे गरी सकेकी छन् ।
बृद्ध आमासँग रहेका ति नाबालकहरुको बिचल्ली भएको वडा अध्यक्ष टमटाले बताउनु भएको छ ।