सिमा मिचेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन


बैशाख ३० हुम्ला । नेपालको भूमि लिपुलेक लिम्पीयाधुरा र कालापानी मिचेको बिरोधमा सोमबार हुम्लाकोसर्केगाड, अदानचुली र ताँजाकोट गाउँपालिकामा राज्यबाट प्रतिबन्धीत पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।

पश्चिम नेपालको सिमाना लिपुलेकमा भारतले चीनसँग जोडिएको मानसरवर जाने बाटो बनाइरहेको समाचारहरु सार्वजनिक भएपछि त्यसको बिरोधमा सोमबार हुम्लाका ति गाउँपालिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएर विरोध गरेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका हुम्लाका जिल्ला सेक्रेटरी निर्माणले बताए ।

सरकारले कुनै कदम नचलाएको भन्दै चौतर्फि विरोध भइरहेको छ ।

प्रकाशित मितिः     ३० बैशाख २०७७, मंगलवार १९:४८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *