छोरी हत्या गरेको आरोप लगाउदै दुई दिनदेखि सिमकोट घेराबन्दी, प्रहरीले हत्याको मुद्धा दर्ता गर्न मानेन्


दाने बोहरा
बैशाख ३० हुम्ला । हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपलिका वडा ४ दुल्ली गाउँका २४ वर्षिय शान्ती थापाको रहश्यमय मृत्युभएपछि माइति तर्फका आफन्त सहित अन्य स्थानीय महिला विरोध प्रदशनमा उत्रिएका छन् ।

दुल्ली गाउँकी २४ वर्षीया थापालाई ३० वर्षीय श्रीमान जुनराज थापाले वैशाख २५ गते राती हत्या गरेको आरोपमा माइती पक्ष सहित अन्य स्थानीय महिला दुई दनि देखि विरोधमा उत्रीएका छन् ।

माइती पक्षले वैशाख २५ गते हत्या गरेको आरोप लगाउदै आएका छन् भने थापाको २६ गते विहान मृत्युभएको खबर बाहिर आएको ।

माइती पक्षले वैशाख २८ गते पतिको नाममा किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले मुद्धा दायर गर्न नमानेको मृतकका आमा भ्याल्ली भण्डाररीले बताइन् । आमा भण्डारीका अनुसार आफुहरु शिक्षित नभएकाले पावरको भरमा जुनराज थापालाई सफाइ दिन खोजेको भन्दै विरोधमा उत्रिएका छन् । २४ वर्षिय थापाको कतिबेला देवता, कतिबेला, प्यारालाइसि त कतिबेला स्तनमा समस्या आएर मृत्युभएको भनी श्रीमानलाई निदोर्ष सावित गर्न खोजेको भन्दै सिमकोट वडा दुई, पाँच, र ६ का माइति पक्ष करिब तीन देखि चार सय महिलाहरु दुइ दिन देखि विराध प्रदशनमा उत्रीएका छन् ।

प्रहरीले मुद्धा दर्ता गर्न नमानेपछि माइती पक्षले जिल्ला प्रहरी कार्यालयको गेटमा वैशाख २९ र ३० गते धर्ना समेत गरेका छन् । सर्केगाड गाउँपालिकाबाट दुइ दिन लगाएर मृतक थापाको लास सिमकोट आइपुगेपनि पोष्टमाटम हुन सकिरहेको छैन । चार दिन देखि माइती पक्ष दोषीलाई कारवाहि नगरेसमम लास पोष्टमाटम गर्न नदिने भन्दै आज सम्म रोकिरहेको छ ।

माइती पक्ष अनुसारका यदि मुद्धा दायर नहुने हो भने लासलाई पनि नबुझ्ने र पोष्टमार्टम पनि गर्न नदिने अडन छ ।

डिएसपी रामप्रसाद घर्ति मगरका अनुसार जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर राजकुमार पाहाडीको नेतृत्वमा अनुसन्धानका लागी घटना स्थलमै खटाएपछि सो घटनामा पतिले नै मारेको हो भन्ने कुनै प्रमाण नभेटेपछि त्तकालै किटानी मुद्धा दर्ता गर्न नमिल्ने र घटनाको अनुसन्धान गरेर मात्र किटानी मुद्धा दर्ता हुने भएको छ ।

उहाँले भन्नु भयो यदि पिडीत पक्षले ज्यान सम्वन्धि मुद्धा ल्याएमा तत्काल दर्ता गर्ने छु तर किटानीको उजुरी ल्याएको हुँदा राम्रोसंग अनुसन्धान गरेर दायर गरिने छ । तर प्रहरीले वैशाख २९ गते ज्यान सम्वन्धिको भने मुद्धा दर्ता गरेको छ ।

प्रकाशित मितिः     ३० बैशाख २०७७, मंगलवार १९:३४  |