बुधबार हुम्लामा चार सय जनाको स्वाव संकलन गर्दै


जेष्ठ ५ हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाबाट कोरोना संक्रमण पत्ता लगाउनका लागी चार सय जनाको स्वाव संकलन गरीने भएको छ ।

मंगलबार देखि जिल्लाको तल्लो सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका गरी यि चारवटा गाउँपालिकाबाट प्रत्येक पालिकामा एक सय जनाको गरेर चार सय जनाको स्वाव संकलन गरीने भएको हो ।

कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लाको सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिका बाहेक अरु ४ वटा गाउँपालिकामा मंगलबार स्वाव संकलन गर्न लागेको छ ।

प्रत्येक गाउँपालिकाबाट संकलन गरीएको स्वाव मंगलबार नै स्वाब हेलीकप्टरबाट कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाउने तयारी भैरहेको छ ।

स्वाव संकलन गरीने चारवटा गाउँपालिकाका प्रतयेक व्यक्तिहरुको नाम छनोट भइसकेको र भोली विहान सम्बन्धित गाउँपालिकामा रहेका स्वास्थ्यचौकीबाट मंगलबार विहान आठ बजेदेखि स्वाव संकलन गरीने भएको हो ।

बुधबार बिहान ८ बजे अनिवार्य माक्स लगाएर आए मात्र स्वाब संकलन गरीने भएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताए ।

प्रकाशित मितिः     ५ जेष्ठ २०७७, सोमबार २०:४७  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *