जेठ ५ मुगु । सोरु गाउँपालिकाकी उपाध्यक्ष गाउँपालिकामा नआउन्जेल सम्मको लागि बन्द गर्ने भएको छ ।
उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बमको मौखीक आदेशमा बुधबार देखी उपाध्यक्ष स्वयम् उपस्थित नहुँन्जेल सम्मको लागि गाउँपालिकाको कार्यालय बन्द गरीएको प्रमुख प्रशासकिय अधिकृत धान्ने बुढाले बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत बुढा द्धारा हस्ताक्षरीत सुचनामा भनिएको छ “सोरु गाउँपालिकाकी उपाध्यक्ष श्री राज्यलक्ष्मी मल्ल बमको मौखीक आदेश अनुसार म स्वयम् उपस्थित नहुँदा सम्मका लागि सम्पुर्ण गाउँपालिकाबाट हुँने कामकाजहरु बन्द गर्नु भन्ने आदेश अनुसार आजको मितिबाट उहाँको उपस्थिती नहुँदा सम्मको लागि बन्द गर्न भनिएको छ” ।
देश लकडाउनमा भएकाले अत्याबसेक सेवाका बाहेक अन्य सेवाको लागि समेत गाउँपालिकामा नागरीकको हुल हुँने गर्नाले कोरोना भाईरस संक्रमण हुँन सक्ने भन्दै बन्द गर्न लगाइएको बताइएको छ ।
अत्यावश्यक सेवा सँगै योजना सम्झौता लगायतका कामहरु आईरहेको र जनताको प्रत्यक्ष सम्पर्कबाट कोरोनाको संक्रमण हुँन सक्ने भन्दै बन्द गरीएको सोरु गाउँपालिकामा कार्यरत पशु सेवा प्राबिधिक बिनोद शाहीले बताउनु भयो ।