मंगलबार हुम्लाबाट ४ सय १८ स्वाब संकलन,बिहिबार सम्म रिपोर्ट आउने


काली बहादुर थापा
जेठ ६ हुम्ला । कोरोना भाईरस कोभिड १९ संक्रमण पत्ता लगाउँनको लागि हुम्लाबाट मंगलबार ४ सय १८ जना स्वाब संकलन गरीएको छ ।

कर्णाली प्रदेश सरकारको पहलमा आज प्रति गाउँपालिका १ सयका दरले स्वाब संकलन गर्ने भनिएता पनि नाम्खा गाउँपालिकामा ४१ जना,सर्केगाड गाउँकालीकाबाट ८० जना,चंखेली गाउँपालिकाबाट ९९ जना,अदानचुली गाउँपालिकाबाट १ सय जना र ताँजाको गाउँपालिकाबाट ९८ जना गरी हुम्लाबाट ४ स१८ जनाको स्वाब गरी मंगलबारै हेलीकप्टर मार्फत जुम्ला लगिएका कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठन जुम्लाका निर्देशक मंगल रावलले बताउनु भयो ।


यता जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपलिकाका १ सय जनाको स्वाब संकलन गरीएको छ । १ सय जना मध्ये ८८ जना क्वारेनटाईनमा बसेकाहरुको स्वाब संकलन गरेको छ भने १ जना जनप्रतिनिधि,३ जना स्वास्थ्यक्रमी,१ जना सञ्चारक्रमी,१ जना संघ संघ सस्थाक्रमी,२ जना सुरक्षक्रमी,२ जना क्रमचारी,१ जना गर्भवती र १ जना स्थानीय बिरामी गरी १ सय जनाको स्वाब संकलन गरीएको स्वास्थ्य संयोजक हंस महताराले बताए ।

यसैगरी ताँजाकोट गाउँपालिकामा १५ जना महिला र ८३ जना पुरुष गरी ९८ जनाको स्वाब संकलन गरीएको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्याङ्कुले बताउनु भयो ।

स्वाब संकलन गरी जुम्ला लैजनानेक्रममा हेलीकप्टर द्धारा अदानचुली गाउँपालिकामा आई पुगेका कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठन जुम्लाका निर्देशक मंगल रावलले यसको रिपोर्ट बिहिबार सम्म आई पुग्ने बताउँदै रिर्पोटमा कसैको पोजेटीभ देखीएका कन्ट्याक्ट ट्रेसिङ् अर्थात उक्त घरको सबैलाई पिसिआर टेष्ट गरीने बताउनु भयो । उहाँका अनुसार काठमाडौको तुलनामा एक गाउँपालिकामा १ सय पिसिआर किट आई पुग्नु यहाँका नागरीकले जय जयकार गर्नु पर्ने प्रतिकृया दिए ।

यसैबिच नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारीमा एक जनामा आरडिटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको छ । सो रिपोर्ट पनि प्रतिष्ठानको टोलीले पिसिआर परीक्षणका लागि जुम्ला लगेको नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बताउनु भयो ।

सम्बन्धित क्वारेन्टाइनमा बसेकाहरुको आडिटी किटबाट परीक्षण गर्दा किटले राम्रो काम नगरेपछि आजै प्रदेश सरकारले हेलिकप्टर पठाएर नाम्खा गाउँपालिकाबाट स्वाव संकलन गरी कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला पठाए पालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो ।


मंगलबार स्वाव संकलनका लागि कर्णाली विज्ञान प्रतिष्ठानबाट निर्देशक डा। रावल,रजिष्टार विश्वराज काफ्ले र सामाजिक विकास मन्त्रालय बाट लक्षिम नारायण तीवारीको टोली हुम्ला पुगेको थियो ।

प्रकाशित मितिः     ६ जेष्ठ २०७७, मंगलवार २१:१६  |