धैनकोटका ब्यवसायी बाँच्याद्वारा चार सय बढी परिवारलाई स्वास्थ्य सामग्री वितरण


शुक्रराज आचार्य
जेठ ७ मुगु । सोरु गाउँपालिका वडा नम्बर १० र ११ का चार सय बढि परिवारलाई निस्शुल्क स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

वडा नम्बर १० माथिवाडाका युवा ब्यवसायी धर्मराज आचार्य “बाँच्या”ले वडा नम्बर १० र ११ का करिब चार सय बढी परिवारलाई स्वास्थ्य सामग्री वितरण गर्नु भएको हो ।

आचार्य “बाँच्या” स्वयम्ले धैनकोटका प्रत्येक गाउँको दैलोमा गएर पाँच सय पिस डिटोल साबुन वितरण गरेका हुन । स्थानीयलाई हस्तानान्तरण गर्दै आचार्यले गाउँ गाउँ सम्म कोरोनाको प्रकोप न्यूनिकरणको लागी सामाजिक दायित्व अनुसार स्थानीयलाई सहयोग गरिएको बताए ।

साम्रग्रीले विपन्न वस्तीमा रहेका गरिब नागरिकको सरसफाईमा टेवा मिल्ने ब्यवसायी आचार्यले बताएका हुन् भने, बिगत १२ बर्ष देखि ब्यवसाय गर्दै आएका बाँच्या जय भुवनेश्वरी कोल्ड स्टोरका मालिक हुँन् ।

प्रकाशित मितिः     ७ जेष्ठ २०७७, बुधबार १९:०२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *