हुम्लामा आरिडिटी पोजेटिभ देखिएको रिपोर्ट पिसिआरमा नेगेटिभ


जेठ ७ हुम्ला । हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ ।

रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा रिर्पोट नेगेटिभ देखिएको हो ।

प्रतिष्ठाका निर्देशक डां मंगल रावलका अनुसार हुम्लामा आरडिटी गर्दा नाम्खा गाउँपालिका वडा नम्बर ५ का एक जना ब्यक्तिको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि हुम्लामा निक्कै त्रास बढेको देखिएपनि स्थानीय प्रशासनले सार्बजनिक गरेको थिएन ।

बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ति व्यक्तिको स्वाव परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको छ । उक्त रिपोर्ट पिसिआरमा नेगेटिभ आएपछि हुम्लामा त्रासको बातावरण हटेको छ ।

प्रतिष्ठानले पोजेटिभ देखिएको रिपोर्ट सहित नाम्खा गाउँपालिकाबाट लिएका स्वाबलाई प्राथमिकता दिएर परिक्षण गरेको डाक्टर रावलले बताएका छन् । उहाँका अनुसार त्यो सँगै नाम्खा गाउँपालिकाका मंगलबार स्वाब संकलन गरीएका ४१ वटाको रिपोर्ट पनि नेगेटिभ देखीएको डाक्टर रावलले बताए उनले भने “मंगलबार संकलन गरीएका सबैको रिपोर्ट आज राती सम्म सबैको रिपोर्ट आउँने बताए” ।

प्रकाशित मितिः     ७ जेष्ठ २०७७, बुधबार १९:३५  |