दोहोरी खेल्दै सोरु गाउँपालिका


अषाढ २४ मुगु । कोरोना कोषको रकम दुरुपयोग भएको भन्दै सोरु गाउँपलिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत उजुरीमा दोहोरी खेली रहेका छन् ।

तारापानी रुम सडक खण्डमा काम नभएकै रकम भुक्तानी भएको, बिभिन्न समयमा मदिरा र मदिराजन्य पदार्थको अर्डर स्लीप गरेको उजुरी सँगै गाउँपालिकाका अध्यक्ष बिरुद्ध प्रमुख प्रशासकिय अधिकृत सहित ६२ जना गाउँपालिकाका क्रमचारीहरले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयले उजुरी दर्ता गराएका छन् ।

गाउँपालीकाको कोरोना महामारी नियन्त्रणका लागि गाउँपालीकामा खोलीएको स्थानिय तह प्रकोप ब्यबस्थापन कोषमा प्रदेश सरकारबाट १५ लाख,गाउँपलिकाबाट ७५ लाख,छायानाथ सहकारी संस्थाबाट ७५ हजार,किर्डाक शाँखाबाट ३ लाख तथा अन्य निकायको सहयोग सहित उक्त कोषमा १ करोड भन्दा बढी रकम जम्मा भएको थियो, उक्त कोषबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत धान्य बुढा र लेखापाल जेठ बहादुर बुढाको मिलोमतोमा रकम हिनामिना भएको भन्दै भन्दै गाउँपलिकाका अध्यक्ष लोक बहादुर शाहीले जिल्ला प्रशासन कार्यालय मुगुमा मुद्धा दाएर गरेको १ दिन नबित्दै सोरु गाउँपालिकामा कार्यरत सम्पुर्ण क्रमचारीले कार्यकारी र लेखापाल बिरुद्ध दिएको मुद्धा झुट र कपोकल्पीत भएको भन्दै संयुक्त रुपमा मुद्धा दाएर गरेका छन् ।

मंगलबार गाउँपालिका भरीका सबै क्रमचारीले उजुरी तथा प्रेस बिज्ञप्तीमा गाउपालिका प्रमुखले गिलाहा नुवाकोट सडकमा १५ लाख कोरोना राहत कोष बाट ३ लाख घुस मागेको आरोप लगाएका छन भने रक्सीको सिलिप उल्टै बदनियत भएको प्रेस बिज्ञप्तीमा उल्लेख गरेका छन ।

सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल जेठबहादुर बुढाको बचाउ गर्दै गाउँपालिका भरिका सम्पूर्ण कर्मचारी जिल्लामा गए पछि त्यहाको सम्पूर्ण कामकाज अबरुद्ध भएको छ । कर्मचारी जिल्लामा आएपछि असार २४ गते तोकिएको गाउँसभा अनिश्चित भएको हो ।

प्रकाशित मितिः     २४ असार २०७७, बुधबार ०८:२८  |