विद्युत उत्पादन नहुँदा विकासे रकम भुक्तानीमा समस्या


अषाढ २९ हुम्ला । विद्युत उत्पादन गर्ने मेसिनमा खरावी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटमा विकासे रकम भुक्तानीमा समस्या भएको छ ।

जिल्ला सदरमुकाम सिमकोट लगायत खार्पूृनाथ गाउँपालिका र सिमकोट गाउँपालिकामा विद्युत आर्पुर्ति गर्दै आएको ५०० किलोवाड क्षमता भएको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत बन्द भएको हो । आयोजनाको पावर हाउसमा रहेका दुई वटा मेसिनमा खराबी आएपछि विद्युत उत्पादन नहुँदा सिमकोट लगायतका गाउँहरु अन्धकार हुनु परेको हिल्दुम साना जलविद्युत आयोजनाको वितरण केन्द्र सिमकोटले जनाएको छ ।

जिल्ला सदरमुकाम सिमकोटमा आपुर्ति भएको विद्युत अवरुद्ध भएपछि असार मसान्तमा विकासे बजेट भुक्तानी गरिरहेका जिल्ला सरकारी कार्यालयलाई काम गर्न समस्या भएको छ । अनलाइन मार्फत भुक्तानीको व्यस्था भएकाले वत्ति अनिवार्य आवश्य भएपछि वत्ति नहुँदा काममा सास्ती भएको चंखेली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले जानकारी दिए । ुगाउँमा स्थापना भएका बैंकका शाखामा रमको अभाव छु, शाहीले नेपालबोटसँग भने, ुसदरमुकाममा काम गर्न दुई दिनको पैदल आएपनि बत्ति नहुँदा भुक्तानीमा निकै समस्या भएको छ ।ु

जिल्लाका सात वटा स्थानीय तह मध्ये पाँच वटा स्थानीय तहका पदाधिकारी आयोजनाको रकम भुक्तानीका लागि सदरमुकाम सिमकोटमा आएको भएपछि विद्युत नहुँदा प्रक्रियागत कागजात बनाउन अनलाइन भुक्तानी दिन समस्या भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मितिः     २९ असार २०७७, सोमबार २१:००  |