कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि


अषाढ ३० सुर्खेत । कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सभा प्रतिपक्ष दलका जिम्मेवार नेतामा समेत कोरोना संक्रमण भएको पुष्टी भएको हो । दुई दिन अघि गरिएको स्वाव परीक्षणमा ति नेतालाई कोरोना पुष्टी भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

बजेट अधिवेशन देखि संदीय समिति गठनमा समेत निकै व्यस्त देखिएका प्रदेश सभा सदस्यलाई कोरोना पुष्टी भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने डा. तिवारीले जानकारी दिए ।

प्रदेश सभा सदस्यमै कोरोना भाइरसको संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । संसदीय समितिका बिभिन्न बैठकमा जाने आउने गरेका प्रदेश संसद बैठकमा उपस्थित हुने गरेपछि सबैतिर ञास छाएको छ । नेपालमा कोरोना संक्रमण भएका संम्भवत कर्णाली प्रदेश सभा सदस्य नै पहिलो उच्च पदस्थ राजनीतिज्ञ हुन् ।

संक्रमित भएका ति सदस्यको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तर नेताको निजि सचिबालयले भने समाचारमा आए जस्तो नेताको स्वास्थमा कुनै खराबी नरहेको र कुनै नयाँ लक्षण पनि नदेखिएकोले हाल उहाँ पुर्ण स्वस्थ तन्दुरुस्त भएको भन्दै डाक्टरको प्रत्यक्ष निगरानीमा होम आइसोलेसनमा बस्नु भएकोले सम्पुर्ण सुभचिन्तक हरुलाइ नआत्तिन अनुरोध समेत गरीएको बताइएको छ ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६९० पुगेको छ भने तीमध्ये १४६२ जना डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मितिः     ३० असार २०७७, मंगलवार १९:५६  |