गल्वा बहुमुखी क्यापस ब्यबस्थापन समितिको अध्यक्षमा गाउँपालीकाका अध्यक्ष दल फडेरा सर्बसम्मत चयन


साउन ९ हुम्ला । गल्वा बहुमुखी क्यापस ब्यबस्थापन समितिको अध्यक्षमा गाउँपालीकाका अध्यक्ष दल फडेरा सर्बसम्मत चयन भएका छन्

आज भएको अबिभाबक भेलाले गाउँपलीकाका अध्यक्ष सहित १३ जना छनौट गरेका हुँन् १३ जनाको बैठक बसी गाउँपालीकाका अध्यक्ष दल फडेरालाई ब्यबस्थापन समितिको अध्यक्षमा र नेपाली कंग्रेश महासमितिका सदस्य राम बहादुर टमटालाई उपाध्यक्षमा सर्बबसम्मत चयन भएको बैठकका अध्यक्ष तथा ब्यबस्थापन समितिका सदस्य शुरबिर शाहीले बताए ।

आजको अबिभाबक भेलाले समितिको सदस्यमा वडा नम्बर १ का वडा अध्यक्ष रग थापा, नेपाली कंग्रेश १ नम्बर वडा सभापति कल बहादुर महतारा,नेपाली कंग्रेश गाउँकार्यसमितिका संयोजक सेर बहादुर बुढा,सुयोदय माध्यामिक बिद्यालयका प्रधानाध्यापक शुरबिर शाही,सुर्योदय माबिका शिक्षक गौरीलाल बुमी,हिमालचुली माध्यामिक बिद्यालयका प्रधानाध्यापक पृथी शाही,नेकपा ४ नम्बर वडा कमितिका अध्यक्ष मनरिसी पाण्डे,महिला नेतृ अनिता बुमी, तारा चन्द भण्डारी,दलित प्रतिनिधि भक्त सुनार,धन्ज्या परियार र सदस्य सचिबमा रणसुर रोकाया गरी १४ जनाको ब्यबस्थापन समिति गठन गरेको छ ।

२०७१ सालमा मान बहादुर थापाको नेतृत्वमा बनेको ब्यबस्थापन समितिको २०७६ साल भदौमा दोस्रो कार्य अबधी समेत सकिएकाले आज बसेको अबिभाबक भेलाले १५ सदस्यीय नयाँ ब्यबस्थापन समिति गठन भएको सदस्य सचिब समेत रहेका क्याम्पस प्रमुख रणसुर रोकायाले जानकारी दिनु भएको छ । गाउँपालीकाका अध्यक्ष समेत रहेका नबगठित समितिका अध्यक्ष दल फडेराले हाल कार्यालय एउटा झोलामा सिमित रहेको क्याम्पसलाई तत्काल कार्यालय स्थापना गरी कार्य सञ्चालन गराउने प्रतिबद्धता जनाउनु भयो ।

प्रकाशित मितिः     ९ श्रावण २०७७, शुक्रबार २०:०४  |