जिप दुर्घटना हुँदा एक जनाको मृत्यु दश जना घाईते (फोटोसहित)


खड्क सुनार
मुगु । सदरमुकाम गमगढी देखि सोरु गाउँपालिका तर्फ गई रहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दश जना घाईते भएका छन ।

सदरमुकाम देखि सोरु तर्फ जाँदै गरेको क १ ज ३२ नम्बरको ४ बजेर ३२ मिनेटमा छायानाथ रारा नगरपालिका वडा नम्बर ३ निगाले भन्ने स्थानमा सडकबाट १ सय ५० मिटर तल खसेको बताईएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका रुगा गाउँका १९ वर्षीय धरम लावड रहेका छन । मृतक लावड सोरु गाउँपालिकाको कच्चे गाउँमा आफ्नी दिदीलाई भेट्न गएका थिए ।

दुर्घटनामा घाईते हुनेमा सोरु गाउँपालिका वडा नम्बर ७ ख्याल्चका १८ वर्षीय रुपलाल बुढा,वडा नम्बर ८ रुमका, २५ वर्षीय सिद्द रावल, नेहेर गाउँका १४ वर्षीय सुरेश शाही, नेहेरकै ६५ वर्षीय राजबहादुुर शाही र चालक ३६ वर्षीय खेमराज शाही रहेका छन ।

त्यस्तै घाईते हुनेमा सोरु गाउँपालिका वडा नम्बर ८ की २ वर्षकी बालिका विर्सना रावल,सोही वडा तारापानीका २१ वर्षीय टेकराज रावल, वडा नम्बर ९ कालैका ५० वर्षीय रघु विटालु, त्यहि वडाका ४० वर्षीय भक्त लावड, भिई गाउँका कमलराज बुमी घाईते भएका छन । दश जना घाईते मध्य दुई जना गम्भीर रहेको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

प्रकाशित मितिः     २८ श्रावण २०७७, बुधबार २१:२५  |