गाउँमा जाड रक्सि नखाने भन्दै स्थानियको प्रतिवद्धता


दाने बोहरा
हुम्ला । जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जुवातास र जाड रक्सि गाउँमा नखाने, नखेल्ने भन्दै स्थानियले प्रतिपद्धता जनायका छन् ।

सर्केगाड गाउँपालिका वडा चारमा रहेको सुनौलो महिला शसक्तिकरण समुहले आयोजना गरेको कार्यक्रममा पुरुषहरुले हस्ताक्षर गरेर गाउँमा अबका दिनमा जुवा तास र जाड रक्सि नखाने र नखेल्ने भनेर प्रतिवद्धता जायर गरेका हुन् ।

गाउँमा जाड रक्सि सेवन गरेर हिंसाका घटनाहरु धेरै हुने भएकाले पनि यसको सेवन न्युनिकरण गर्नका लागि विभिन्न कार्यक्रम गरिदैआयको त्यहाका स्थानियले बतमयका छन् ।

आजको कार्यक्रम वडा चारले समन्वय गरेको थियो भने किर्डाक नेपालले आयोजना गरेको थियो ।

महिला हिंसा विरूद्वको श्रीमान श्रीमती , जनप्रतिनिधि , राजनितिक दल संग अन्तरक्रिया कार्यक्रममा जुवा ताज र जाड रक्सि गाउमा नखाने नखेल्ने भनी वडा चारका स्थानियले आज प्रतिवद्वता जनायको पबित्रा देवकोटाले जानकारि दिनुभयो ।

प्रकाशित मितिः     २८ श्रावण २०७७, बुधबार २२:०२  |