गए रातीको वर्षाले गाउँपालीकाको कार्यालय सहित करिब ५० भन्दा धेरै घरहरुमा क्षेती (फोटो सहित)


साउन ३१ हुम्ला । गए राती परेको अबिरल वर्षाले ताँजाकोट गाउँपालीकाको कार्यालय सहित करिब ५० भन्दा धेरै घरहरु भत्काएको छ ।

बाजुरा जिल्लाको सिमानासँग जोडीएको ताँजकोट गाउँपालीकाको रामा गाउँमा माथिबाट आएको ठुलो भल पसेर गाउँनै उठिबास बनाएको स्थानीय दिपक शाहीले बताए ।

वडा नम्बर ३ को कौलेरी भन्ने ठाउँबाट बगेर आउँदा धनरुप सार्की,गोर्ख थापा लगायत १५।२० वटा जती घर बगाउँदा बिचल्ली भएको वडा नम्बर ३ कै स्थानीय सन्तोस सुनारले बताए ।

ताँजाकोट गाउँपालीकाका सरकारी भबनहरु बिद्यालय,स्वास्थ्य चौकी लगायत १० भन्दा धेरै पशलहरु,पर्व बुढा सहित धेरैका घरहरु बगाएको २ नम्बरका वडा अध्यक्ष अजमल बुढाको भनाइ छ ।

यती मात्र होईन आज रातीको वर्षाले आफु बस्ने क्वाटरनै बगाएको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए । गाउँपालीकामा थुप्रै क्षेती भएको र अझै बिबरण आउन नसकेकाले आफुले संघिय र प्रदेश सरकासँग समन्वय गरी रहेकोले संभवत भोली सामाजीक बिकास मन्त्री सहित राहत तथा उद्धारको लागि गाउँपालीकामै आउँने तयारी भैरहेको अध्यक्ष मल्लले जानकारी दिनु भयो ।

गाउँपालीकाका ५१ घर पशलहरु मध्ये केही घर र पशलहरु पुर्णरुपमा बगाएर लगे पछि ताँजाकोट गाउँपालीकाकी उपाध्यक्ष मञ्जु बुढाको अध्यक्षतामा बैठक बसी बिपद ब्यबस्थापन सम्बन्धी छलफल गरेको उपाध्यक्ष बुढाले बताईन् उनका अनुसार वडा नम्बर १ को बौलेना,घटमना,सिसे,जिमाना काँडागाउँ वडा नम्बर २ को ठाडा चौर देखी पैमा सम्म,वडा नम्बर ३ को छप्रेला बजार,काठेओखर,भियालगाउँ,थापागाउँ,थारमारे,चौतारीकाडा,रामा नैकाला, औल,मासपुर, बदेचौर,रोकायाबाडा धेरै घरबस्तीहरु बगाएर लगेको बताईन् ।

 

त्यसै गरी वडा नम्बर ४ को उत्तेसेनी,काउला,पाटनीबाडा,ओखरेना,खर्रा,गल्लाबाडा,गोठेलबाडा,चिहि,सेरी,भदौरा,डोप्का,लोटपाटा,सात्ती सिरपाटा र वडा नम्बर २ का पैमा,बदेलजुडी,सुकछहरा,अदारकुना,घट्ट,खेत,मुल,डाँडाबगर वडार लगायत गाउँपालीकाका सम्पुर्ण बस्तीहरु सँगै छप्रेला बजारमा रहेका ५१ घर पशलहरु मध्ये अधिकांस पुर्णरुपमा बगाएर लगेको र केहि घर पशलहरु,सरकारी तथा गैर सरकारी कार्यालयहरु पनि उच्च जोखीममा रहेकाले आबश्यक राहत मागको लागि जिल्ला विपद ब्यबस्थापन समिति मार्फत प्रदेश सरकार र संघिय सरकार समक्ष पेश गर्ने निर्णय गरेको बताउँदै सम्बन्धीत निकायमा पठाइ सकेको बताइन् ।

गाउँपालिकाको वडा नम्बर तीन र चारमा रहेका सार्वजनिक संस्थाका भवन, सामुदायिक विद्यालयका भवन, वडा कार्यालय समेत भत्काएको ताँजकोट स्थानीय वासिन्दा समेत रहेका सञरुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० हुम्लाका अध्यक्ष लालकेश जैशीले जानकारी दिए । अध्यक्ष जैसिका अनुसार बाढीले चन्द्रप्रकाश माध्यमिक विद्यालय भदालदिपु, जनप्रकाश आधारभुत विद्यालय काँडागाउँ, रामदेव आधारभुत विद्यालय रामागाउँमा रहेका भवनमा समेत क्षेति गरेको छ ।

यस्तै बढिले उतिसेनि, छप्प्रेला बजार, भदालदिपु, गल्लावाडा, खर्ररा, देउला गैरा , चौतारिवाडा, भियालवाडा, काउला लामगडा, गाउँमा बढी क्षेति पुगेको छ ।

प्रकाशित मितिः     ३१ श्रावण २०७७, शनिबार २०:३६  |