कर्णाली करिडोर अन्त्रगतको गल्फागाड देखी सलीसल्ला सम्मको सडक निर्माण कार्य तिब्र(फोटो सहित)


भाद्र २ हुम्ला । कर्णाली करिडोर अन्त्रगतको गल्फाडा देखी सलीसल्ला सम्मको सडक निर्माण कार्य तिब्र गतिमा भैरहेको छ ।

कोभिड १९ तथा कोरोना भाईरसका कारण देशमा भएको लकडाउनको कुनै प्रबाह नगरी नेपाली सेनाले उक्त सडक निमार्ण कार्यलाई तिब्रता दिएको छ ।

मौषम प्रतिकुलताको कारण बिभिन्न ठाउँहरुमा सडक भत्कीएको भए पनि ठुला ठुला चट्टानहरुलाई फोर्ने काम भैरहेको नेपाली सेनाले जनाएको छ ।

हुम्ला मुगु सँगै कालीकोट,बाजुराका ४।५ जनाको समुह बनाइृ तुम्चको बालुकुना देखी सली सस्ला सम्मको ठुलठुला चट्टानहरुमा कम्र्फेसर मेसीन द्धारा निरन्तर रुपमा घामपानीको प्रबाह नगरी काम गरी रहेका छन् ।

उनिहरु तुम्चको बालुकुना,खच्चा,नेरघाट,पानीमुल,खाग्र्याचौर,पुम्पुण्या र सलीसल्लामा भउका चट्टानहरु फुटाई रहेका छन् । ति सबै ठाउँहरुमा नेपाली सेनाको टोली खटीरहेको छ ।

यस अघिको अबिरल वर्षाको कारण बिभिन्न ठाउँमा बाढी पहिरोका कारण सडक भत्कीए पनि गल्फागाड सम्मको सडक निमार्ण भैरहेको छ गल्लाफागाडमा बन्ने बेलीब्रजिको सामग्री ढुवानी गर्न मात्र बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मितिः     २ भाद्र २०७७, मंगलवार १४:०७  |