अझै सम्म पनि छुई प्रथा जारी


अषाढ ४ हुम्ला । हुम्लाको सर्केघाट गाउँपालीकाका अधिकांस स्थानमा छुइ प्रथा जारी रहेको छ ।

छुई प्रथामा हैन,छई बस्ने छुईखुल्ला समेत निमार्ण गरी बसेको पाईएको छ । सर्केघाट गाउँपालीकाको पानीमुल भन्ने ठाउँमा ढाके ओखलको नाममा छुईखुल्ला निमार्ण गरी छाउ भएको समयमा सोही ठाउँमा बस्दै आएको देखीएको छ ।

करिब ५ महिनाको बच्चा सँगै राखेर छाउ गोठमा बसेकी पुनी जैसीका अनुसार अहिलेत बिस्तारै कम हुँदै आएको छ पहिले किसोरीहरुले १० दिन र बयस्कहरुले ७ दिन बस्ने प्रचलन थियो अहिले आएर २ दिन मात्र बाहिर बस्ने गरेको छौं ।

त्यहाँका नागरीकहरुले भने हामीहरुले यिनिहरुलाई जबर्जस्ती बाहिर बसालेका छैनौ उनिहरु आफै हामीहरु छाउँ भएका छौ भनेर बाहिर निस्कीने गरेको प्रतिकृया दिए ।

छाउमा बसी रहेकी महिलाहरुले पनि घर परिवारले बाहिर नपठाउने तर हामीहरुको आत्मबल कमजोर भएकाले हामीहरुलाई देबी देबताले दुख दिन्छन् होला भन्ने डरले २ दिन बाहिर बस्ने र ३ दिनका दिन घरमा गएर घर परिबारभन्दा अलग बस्ने गरेको बताईन् ।

पछिल्लो समय बिभिन्न किसिमका संघ संस्थाहरुले दिएको चेतनाको कारण केही रपमा परिबर्तन देखीए पनि हाल सम्म पनि छाउ गोठमा बसेको पाईएको छ ।

प्रकाशित मितिः     ४ भाद्र २०७७, बिहीबार २२:५८  |