पार्टीको बैठकमा वडा अध्यक्षलाई कुटपिट


पार्टीको बैठकमा वडा अध्यक्षलाई हातपात भएको छ । अदानचुली गाउँपालीका वडा नम्बर १ को नेपाल कम्युनिष्ट पाटी नेकपाले आयोजना गरेको पार्टी र सत्ताको संयुक्त बैठकमा वडा नम्बर १ का वडा अध्यक्ष रग थापालाई अदानचुली १ कै मान बहादुर थापाले हातपात गरेका छन् ।

पाटी र सत्ताको समिक्षा,बिकास निमार्ण र भाबी कार्य योजना निमार्णको लागि बोलाएको बैठकमा वडा अध्यक्षले आफुलाई बाई पास गर्न खोजेको भन्दै एक्कासी मुखमा हाने पछी ताँत मुखबाट रगत आएको छ अदानचुली गाउँपालीका वडा नम्बर १ मा भएका कुनै पनि योजनाहरुको काम नहुँनुमा वडा अध्यक्षकै कारण रोकीएको भन्दै कुरा उठाए पछि वडा अध्यक्षले मैले त्यस्तो कुनै गल्ती नगरेको र सबै उपभोक्ता समिति गाउँका सबै जनमानसले गरेको एकै मैले मात्र नगरेको भन्दै गर्दा मलाई बहिस्कार गर्न खोजेको,मैले भनेको कुरा किन नमानेको भन्दै एक्कासी हात हालेका छन् मान बहादुर थापाले हात हाले पछि उनका समर्थित भिम बहादुर दानीले पनि वडा अध्यक्ष रग थापा र छबीराज थापालाई पनि कुटपिट गरेको पिडित पक्षले बताएका छन् ।

पाटी र सत्ताको समिक्षा भन्दै बोलाएको बैठकमा वडा अध्यक्षलाई भोट पनि दिएको हुँ मुक्का पनि दिन जानेको छु भन्दै अरु कसैलाई पनि सोध्ने होईन यो गाउँमा मलाई सोध्ने हो योजना ल्याउने म सोध्ने अरुलाई किन भन्दै एक्कासी मुक्का दिए पछि उनका समर्थक भिम बहादुर दानीले समेत हात पात गरेका छन् उनि अहिले सख्त घाइते भएका छन् ।

त्यहाँ उपस्थित सबै गाउँका करिब १ सय भन्दा धेरै नागरीकहरु मुखदर्शक भएर बसेका थिए , कुटपिट भए लगत्तै त्यहाँ स्थानीय नागरीकहरुले छुट्याएका थिए छुट्याए पछि पनि मान बहादुर थापा म सँग एक एक गरी लड्न आउ भन्दै सबैलाई धम्काएका छन् तर उनको अगाडी सत्य तथ्य यही हो भनी बोल्न भने कोही पनि नगएको देखीएको छ ।

सत्ताका भत्ता खाएकाहरुले मलाई बाईपास गर्न खोजेको भन्दै एक एक कुटपिट गरेका छन् कुटपिट पछि वडा अध्यक्ष थापाका आफन्तहरुले समालेर घरमा लिएका छन् । पाटीले आयोजना गरेको कार्यक्रममा मलाई कुटाउनको लागि मात्र आयोजना गरेको तर्फ ईङ्गीत गर्दै यस घटनाको जिम्मा कसले लिनु पर्ने हो सम्बन्धीत पक्षले लिनु पर्ने वडा अध्यक्ष थापाले बताएका छन् । आज भएको उक्त कुटपिटको बारेमा प्रहरी प्रशासनमा उजुरी दिने तयारी भैरहेको पिडित पक्षले बताएका छन् ।

जनकल्याण बिद्यालयमा गरेको नेकपा वडा पाटीको बैठकमा वडा अध्यक्ष थापा सहित २ जनालाई कुटपिट गरेका छन् वडा अध्यक्षलाई हात हाल्नु भनेको सिंगो गाउँपालिकालाई हात हाल्नु हो भन्दै गाउँपालीकाका अध्यक्ष दल फडेराले उक्त घटनाकाे घोर भत्सना समेत गर्नु भएको छ ।

प्रकाशित मितिः     १५ भाद्र २०७७, सोमबार २१:४९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *