भदाै १७ हुम्ला । एक घण्टा अघि शुरु भएको सर्केघाड गाउँपालिकाको रोडिकोटको ठूलो गाउँको आगालागीमा परेर १५ घर जलेका छन् ।
स्थानीयले ठूलो प्रयास गर्दापनि आगलागी नियन्त्रणमा आउन नसकेपछि बामनबाडाका अन्य घर जलिरहेको आगलागी स्थलबाट रोडिकोटका स्थानीय धर्मराज शाहीले जानकारी दिए ।
‘भिषण रुपमा लागेको आगोले वामनबाडाका घरहरुमा हाम्रै आँखा अघि जलिरहेका छन् तर हामीले केही गर्न सकेका छैनौं,’ शाहीले भने, ‘आगालागी नियन्त्रणमा लिन पानी, स्याउला र माटोको प्रयोग गरेपनि त्यसले काम गरेको छैन् ।’
आगो नियन्त्रण गर्न रोडिकोट ठूलागाउँ आसपासका गाउँबाट सबै आगलागी स्थलमा आएर खोलाबाट पानी बोकेपनि त्यसले आगोमा नियन्त्रणमा आउन नसकेको स्थानीय ओमप्रकास जैशीले जानकारी दिए ।
गङ्गे जैसी जाेख्या जैसी चन्दे जैसीको घर पुर्णरुपमा जलेर नष्ट भएका छन् । गुरुसन्या जैसी साेभा जैसी लगायत १५ जनाकाे घर जली सकेका छन् भने अन्य घरहरुमा नसल्कीयोस भन्दै वरीपरीका घरहरु भत्काइ रहेका छन् भने खाेलाबाट पाइप जडान गरेर िनभाउनकाे लािग सम्पुण जनशत्ति लागेको तर नियन्त्रण गर्न नसकिएको स्थानिय सरिता जैसीले बताइन् ।
सर्केघाड प्रहरी चौकीको टोली परिचालन
रोडिकोटमा भएको आगालगी नियन्त्रणका लागि नजिकको सर्केघाड प्रहरी चौकीको टोली परिचालन गरिएको जिल्ला प्हरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीले जानकारी दिए ।
आगलागी स्थल जिल्ला सदरमुकामबाट निकै टाढा भएको र जिल्लाको भौगोलिक विकटताका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको छ ।