अग्नी पिडितलाई कर्णाली प्रदेश सरकार द्धारा राहत सामाग्री बितरण


भदौ २० हुम्ला । कर्णाली प्रदेश सरकारले रोडीकोटमा भएको आगलागिबाट भएका पिडितहरुलाई राह सामग्री बितरण गरेको छ ।

शनिवार दिउसोे कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल आफै राहत सामग्री लिएर आएका सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोसी धामीले जानकारी दिनु भएको छ । आगलागी पिडितहरुलाई प्रदेश सरकारको तर्फबाट प्रदान गरिएको राहत सामाग्री हेलिकोप्टरमा लिएर आज रोडिकोटको ठूलागाउँ पुगेका मन्त्री रावलले जनप्रतिनिधिका रुपमा आफुहरुलाई निर्वाचित गरेर पठाएकाले आफूहरुले जस्तोसुकै दुःखमा साथ दिने आश्वाशन दिनु भएको छ ।

अग्नी पिडिहरुलाई संवोधन गर्दै मन्त्री रावलले हामी तपाईको जस्तोसुकै समस्यामा पनि साथमै छौ, चिन्ता नमान्न आग्रह गर्नु भएको छ । देशभर बाढी र पहिरो गएको बेला रोडिकोटमा भिषण आगालागी भएर ठूलो क्षती हुनु दुःखत भएको बताएका मन्त्री रावलले आगलागीमा मानविय क्षती नहुनु सुखत पक्ष भएको पनि उल्लेख गर्नु भएको छ । । “आगालगी बाट पूर्ण क्षती भएका ६ घर परिवार र आंशिक क्षती भएका ९ घर परिवारका लागि तत्काल प्रदेश सरकारले प्रारम्भीक राहत ल्याएको छ । स्थानीय सरकार, प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका रावलले आगलागी पिडितहरुको स्थायी व्यवस्थापनका लागि संघीय सरकार समेत सकरात्मक भएको उल्लेख गर्नु भयोे ।

हेलिकोप्टरबाट मन्त्री रावलले अग्नी पिडितहरुका लागि २० थान त्रिपाल, १०० थान कम्मल, ८० थान म्यट्रेस, २५ थान हाइजिन किड्स,२५।२५ थान प्लाष्टिकको बाल्टीन र जग वितरण गरेका छन् । त्यसैगरी प्रदेश सरकारको तर्फबाट मन्त्री रावलले ७ थान भाँडा सेट, १०० किलो दाल, ५० किलो नुन, ४६ जोर कपडा,४० पोका खाने तेल, र ४४ बोरा चामल वितरण गरेको बताए । बुधबार राती लागेको आगो स्थानीय जोखे जैशीको घरबाट शुरु भएको आगोले बामनबाडाका १५ घरमा क्षती भएको छ ।

तत्काल खान र बस्न समस्या भएकाहरुका लागि स्थानीय सर्केघाड गाउँपालिकाले बिहिबार राहत प्रति घर १२ हजारको दरले राहत वितरण गरेको सर्केघाड १ का वडा अध्यष गोकुल बुढाले जानकारी दिनु भयो ।

प्रकाशित मितिः     २० भाद्र २०७७, शनिबार १७:३९  |