नौ बुँदे घोषणा पत्र जारी गर्दै कर्णाली कचहरी कार्यक्रम सम्पन्न


भदौ २४ हुम्ला । नौ बुँदे घोषणा पत्र जारी गर्दै हुम्लाको सर्केगाड गाउँपालिकामा कर्णाली कचहरी कार्यक्रम सम्पन्न भएको छ ।

सर्केगाड गाउँपालिकाको आयोजना तथा किर्डाक नेपाल, महिला कल्याण सेवाको सहजिकरणमा महिला र किशोरीका समस्या तथा सवालमा केन्द्रीत रहेर सञ्चालन भएको किर्डाक नेपालका परियोजना संयोजक मनलाल जैसीले जानकारी दिनु भयो ।

कार्यक्रम सर्केगाड गाउँपालीकाका उपाध्यक्ष जोसी धामीको अध्यक्षतामा सम्पन्न भएको उक्त कचहरी कार्यक्रमले महिला तथा किशोरीहरुका सवालहरु न्युनिकरण गर्न नौ बुँदे घोषणा पत्र जारी गरेको उपाध्यक्ष धामीले बताउनु भयो ।

कार्यक्रम पश्चात उपाध्यक्ष धामीले भने हामीले “महिला तथा किशोरीहरुका सवालहरु न्युनिकरण गर्न स्थानीय समूदायसंग मिलेर जनचेतना मूलक कार्यक्रहरु सञ्चालन गर्ने, गराउने महिला अधिकारको संरक्षण गर्ने, समाजमा विकृतिका रुपमा रहेको छाउ प्रथा, बाल विवाह, बहु विवाह, बतत्कार जस्ता विकृतिहरुलाइ न्युनिकरण तथा अन्त्य गर्नका लागि महिलला तथा किशोरीहरुको नेतृत्वमा मियमित रुपमा जनचेतना मूलक अभियान सञ्चालन गर्ने सहयोग र गर्ने गराउने” जस्ता कार्यक्रमहरु घोषणा पत्रमा उल्लेख गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष धामीले महिलाका समस्या न्यूनिकरणका लागि सर्केगाड गाउँपालिका “साक्षर, निडर र हिंसा मुक्त छोरी, समृद्ध बाटोमा सर्केगाडका किशोरी” नाराका साथ अगाडि बढ्ने जानाए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख, महिला, किशोरी समुहका सदस्य तथा सरोकारबाला गरी ५० जना भन्दा धेरैको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     २५ भाद्र २०७७, बिहीबार ०७:५६  |