खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हमालको निधन


भदौ २५ हुम्ला । खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लोकजंग हमालको निधन भएको छ ।

वडा अध्यक्ष हमालको विहिबार नेपालगन्जबाट रिफर गरी काठमाण्डौ उपचार गर्न लिने क्रममा बाटोमा मृत्यु भएको खार्पुनाथ गाउँपालिका लेखा शाखा प्रमुख विशाल वोहोराले बताउनु भयो ।

खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रा गाउँ निवासी वडा अध्यक्ष हमाल एकासी विरामी भएका वडा अध्यक्ष उपचारकै क्रममा निधन भएको हो।

सुक्रबार खार्पुनाथ गाउँपालिकाका सम्पुर्ण सरकारी कार्यालय वन्द हुने र शनिवार तोकिएको कर्मचारीको अन्तरवार्ता पनि अर्को सुचना प्रकासित नहुँदा सम्मका लागी स्थगति भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताएको छ ।

उनी एक हप्ता अगाडि गाउँमा लडेर उपचारका लागि नेपालगञ्जबाट काठमाडौँ लिने क्रममा नवलपरासीमा निधन भएको जनाइएको ।

प्रकाशित मितिः     २६ भाद्र २०७७, शुक्रबार ०६:४८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *